शिक्षकलाई निगरानी गर्न बिद्यालयमा क्यामरा जडान !

प्रकाश सिग्देल
देवघाट, २६ कात्तिक । तनहुको देवघाटमा रहेको बज्रयोगिनी माध्यामिक बिद्यालय को पठन पाठन ब्यवस्थीत गरी प्रभावकारी बनाउन डिजिटल हाजिरिमेसिन जडान गर्न लागिएको छ ।
शिक्षकहरु समयमा बिद्यालयमा उपस्थित नहुने, तोकिएको समय नियमित कक्षा सन्चालन नगर्ने लगाएतका कामहरु बढ्दै जानथालेपछि बिद्यालयमा डिजिटल हाजिरि मेसिन र सिसि क्यामरा जडान गर्ने कामको थालनी गरिएको क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो ।

सरकारी बिदालयमा डिजिटल हाजिरी मेसिन र क्यामरा जडान गर्ने यो पहिलो अभ्यास हो ।
२०१८ सालमा स्थापना भउको बिद्यालय भएपनि सरोकार बाला निकायले चासो तथा निगरानी गर्न नसक्दा विद्यालयको पठन पाठन खस्कदै गएको र शिक्षकहरुले बिद्यालय नै नआएको दिनको पनि हाजिर गरी तलब खाने प्रवृत्ति बढेकाले बिद्यालयको शैक्षिक अवस्था सुधारका लागी आफुले मैयादेबी ट्ष्टबाट रकम निकासा गरी मेसिन र क्यामरा जडान गर्न लागेको बताउनु भयो ।

बिद्यालयमा शिक्षकहरु समयमा नआउने कक्षा सन्चालन प्रभावकारी नगर्ने र विद्यार्थी पनि कक्षा हापेर हिड्ने समस्याले विद्यालयको पठन पाठनमा ठुलो असर परेको बिद्यालयमा कक्षा १० मा अध्यानरत कालिकोटका जयरुद्र न्यौपानेले बताउनु भयो ।
विद्यालयमा डिजिटल हाजिरी मेसिन र क्यामरा जडान गरेपछी बिद्यालयको शैक्षिक अवस्थामा सुधार आउने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर गुरुगंले बताउनु भयो ।
पुरानो बिद्यालय भएपनि बिदालयको भौतिक संरचना निकै जिर्ण रहेको छ भने पठन पाठन समेत प्रभावकारी बन्न सकेको छैन् ।

Promise Education Consultancy