कर्नेल सापकोटाले यसकारण गर्दछन् देवघाटलाई मरिहत्ये (भिडियो)

प्रकाश सिग्देल
चितवन, २६ कात्तिक । दि फ्यामस महेन्द्र दल गण भरतपुरले देवघाट क्षेत्रको सफाई गरेको छ ।
मंसिर १ गते सदबिउ छर्न देवघाटमा देशभरिका हजारै नागरिकहरुको सहभागिता हुने भएकाले ति भक्तहरुका लागी स्नानघाट व्यवस्थापन देखी सौचालय निमार्ण लगायत सरसफाई र अन्य पुर्वाधार निमार्णमा नेपालि सेनाले सहयोग गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । सेनाले आईतबार बिहाना झन्डौ ५ घन्टा भन्दा बढि समय लगाएर सो क्षेत्रको सरसफाई देखी स्नान घाट ब्यवस्थापन गरेको पौडेलले बताउनु भयो ।
भरतपुर ब्यारेकका गणपती कर्नेल सुरेन्द्र सापकोटाले धार्मीक क्षेत्रको विकासमा निकै चासो देखाउनु भएकाले देवघाटको विकासमा काम गर्न आफुलाई सहजता मिलेको पौडेल बताउनुहुन्छ ।
सापकोटाले बागेश्वरी गौ संरक्षण क्षेत्रमा सरसफाई रगंरोगनमा सहयोग, निजि लगानीमा देबघाटको शव दहन स्थलमा सर्वसाधारणका लागी बस्ने प्रतिक्षालय निमार्ण, देवघाट जाने बाटोलाई व्यवस्थीत बनाउने काम देखी, सडक छेउमा चौतारा निमार्ण बर पिपल रोप्ने काम गरिसक्नु भएको पौडेल बताउनु हुन्छ ।
देवघाट क्षेत्र विकास समितिले आग्रह गर्ना साथ उहा सहयोग गर्न आतुर हुने गरेको पौडेलले सुनाउनु भयो ।
सापकोटाले देवघाटक्षेत्र मात्रै नभै जिल्लाका अन्यत्र रहेक शैक्षिक प्रतिष्ठानहरुको विकास र विस्तारमा समेत सक्दो सहयोग गर्नु भएको छ । उहाको चितवन आगमन पछि सापकोटाले स्थानिय समुदाय संग सहकार्य गरी विकासमा सक्दो सहयोग गर्नु भएको बागेश्वरी गौ संरक्षण केन्द्रका सह संयोजक उमा संकर अग्रवालले बताउनु भयो ।