जिताएर पठाउनुस ५ बर्षमा समाज तपाई हरुले चाहना गरेको जस्तो बनाउने छु : दिनेश कोइराला

कात्तिक २६ चितवन : नेपालि कांग्रेशका युवा नेता एबम चितवन क्षेत्र न ३ ( क ) का उम्मेदवार दिनेश कोइरालाले आफु र लोकतान्त्रिक गठबन्धनलाइ मत दिए र जिताएमा ५ बर्ष सम्म यहाका समस्या समाधान गरेर समृद्द समाज निर्माणमा खटिने प्रतिबद्दता जनाउनु भएको छ ।

भरतपुर महानगर पालिका वडा न ६ गीतानगर बि पी चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले लोकतान्त्रिक गठबन्धनलाइ जिताएर समुन्नत रास्ट्र निर्माणमा हातेमालो गर्न आह्वान गर्नु भएको हो । कार्यक्रममा उहाले भन्नु भयो ` यस क्षेत्रका नेपाली कांग्रेश कार्यकर्ता , जनता लगाएतको आशा , भरोसा धैर्यताका आधारमा मलाइ पार्टी केन्द्रिय समितिले टिकट दिएको हो । म सम्मान दिन चाहन्छु , धन्यबाद दिन चाहन्छु यहा हरुको साथका लागि । ‘

उहाले मतदातालाई आग्रह गर्दै भन्नुभयो ` दिनेश मेरो छोरो हो , दिनेश मेरो दाजु हो , दिनेश मेरो भाइ हो , दिनेश मेरो छिमेकी हो भन्ने ठान्नु होला र तपाइँ हरुलाई जसरि पनि सेवा गरेर तपाइको बिस्वाशलाइ टिकाइराख्ने छु । ‘
उहाले औलाई यहि क्षेत्रका अग्रजले हुर्काउनु भएको सुनाउदै आफ़ुर आफ्नो पार्टीले यहाका जनताको बिस्वाश भरोसा लाइ टिकाइ राख्ने समेत प्रहण गर्नु भयो ।