पार्टी एकीकरण पछि नसोचेको विकास हुन्छ : माओवादी नेता अविनाश

चितवन २६, कार्तिक । संयुक्त बाम गठबन्धनका तर्फवाट चितवन प्रदेश नं. २ क का उम्मेदवार घनश्याम दाहाल अविनाशले दुई कम्युनिष्टपार्टी एकीकरणपछि मुलुकमा नसोचेको विकास हुने दावी गर्नुभएको छ ।
पार्टी एकीकरणको तयारी अन्तिम चरणमा पुगेको र मंसिर नौं गते नै भरतपुरमा भव्य कार्यक्रमका बीच पार्टी एकीकरणको घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।
कालिका नगरपालिकाको वडा नं. ५ पदमपुर स्थित हाइस्कुल रोडमा स्थापना गरिएको वडा कार्यालयको उद्घाटनपछि संवोधन गर्दै चितवन प्रदेश नं. २ क का उम्मेदवार दाहालले विकास र सम्बृद्धिका लागि कम्युनिष्टहरुबीच एकता हुन लागेको बताउनुभयो ।
चितवनको शक्तिखोर क्षेत्रलाई औधोगीक क्षेत्र बनाईनु देखि यहाँका स–सानाबाटोहरुलाई कालोपत्रे बनाउनु, सबै जातजातिको ऐतिहासिक कलासंस्कृति संरक्षणका लागि संग्राहालय निर्माण गर्नु लगायतका योजनाहरु सुनाउनुभयो ।
सुकुम्वासीका समस्या समाधान गर्नुदेखि जेष्ठनागरिकहरुले पाउँदै आएको भत्ता बृद्धिगर्ने चुनौती कम्युनिष्टहरुलाई रहेको जिकिर गर्नुभयो ।
अबको पाँचवर्ष सम्म स्थायी रुपमा कम्युनिष्टले स्थायी सरकार बनाउन सके अहिले देखिएका आर्थिक समस्याहरु विस्तारै समाधान हुँदै मुलुक सम्बृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।
आफु मालिक हुनका लागि नभई जनताको सेवाका लागि उम्मेदवार बनेको भन्दै बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा संयुक्त बाम लोकतान्त्रीक निर्वाचन परिचालन कमिटीका उप संयोजक जयचन्द्र प्रसाद चौधरीले विकास र सम्बृद्धीका लागि संयुक्त बाम लोकतान्त्रीकका उम्मेदवारहरुलाई बिजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
कम्युनिष्टहरु एकजुट भएर मुलुकको विकास गर्ने बेला भएकाले नेता कार्यकर्तालाई विचलित नहुन समेत आग्रह गर्नुभयो । संयुक्त बाम लोकतान्त्रीक गठबन्धनबाट कृष्णभक्त पोखरले, बिजय सुवेदी र घनश्याम दाहाल अनिवास उम्मेदवार छन् । ((०))