सुरक्षित चितवन वनाउन ध्यान केन्द्रित : पूर्व अर्थमन्त्री पाण्डे

कार्तिक २६ गते । बाम गठवन्धनले रत्ननगर १४ पिठुवामा निर्वाचन परिचालन
कार्यालय उद्घाटनसंगै घरदैलो कार्यक्रम गरेको छ ।
नेकपा एमाले स्थायी कमिटी
सदस्य एवंम् निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार सुरेन्द्र
पाण्डेले कार्यालयको उद्घाटन गर्दै निर्वाचनपछि बाम गठवन्धनको सरकार वन्ने र
त्यो सरकारको अर्जुन दृष्टी आर्थिक समृद्धीमा केन्द्रित हुने वताए । नेता
पाण्डेले मिहनेती जनता र इमानदार सरकार भए आर्थिक समृद्धीले गति लिन समय
नलाग्ने वताए ।
कयर खोलाका कारण रत्ननगर र खैरहनी असुरक्षित रहेको उल्लेख
गर्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार पाण्डेले सुरक्षित चितवन वनाउन आफ्नो
ध्यान केन्द्रित रहने समेत वताए । कार्यालय उद्घाटन कार्यक्रममा नेकपा
माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार कंचन खनाल,नेकपा
माओवादी केन्द्रका पोलिटव्युरो सदस्य इश्वरी भट्टराई लगायतले मन्तव्य व्यक्त
गरेका थिए । कार्यालय उद्घाटनपछि प्रतिनिधी सभा सदस्यका उम्मेदवार सुरेन्द्र
पाण्डे,प्रदेश सभा सदस्यका उम्मेदवार कृष्ण खनाल,समानुपातिक उम्मेदवार कंचन
खनालले दुवै पार्टीका नेता कार्यकर्ताको उपस्थितीमा घरदैलो गर्दै भोट
मागेका थिए । त्यस्तै प्रतिनिधी सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेश
सभा सदस्य क का उम्मेदवार दावा लामाले आईतवार राप्ती नगरपालिका ३ पिप्लेमा
घरदैलो कार्यक्रम गरेका छन् ।