अाचार संहिताकाे धज्जि उडाँउदै बजगाई, हेलिकप्टर चार्टर गरि उत्तरी गाेरखामा

गोरखा, २६ कात्तिक । नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा ‘ख’ का उम्मेद्वार राजेन्द्र बजगाईले अचार संहिताकाे धज्जी उठाएका छन् । बजगाई सहित नेपाली कांग्रेसका महामन्त्री शशांक काेईराला र समानुपातिक उम्मेदवार हरिबहादुर घलेले उत्तरी गाेरखाकाे काशिगाउमा निर्वाचन प्रचार प्रसारमा हेलिकप्टर प्रयाेग गरि उनिहरू त्यहाँ पुगेकाे काशिगाउका एक स्थानियले टेलिफाेनमा जानकारी दिए ।

उनिहरू करिब १२ बजेतिर काशिगाउ पुगेका थिए । उहाँहरू केही समय अगि यहाँ एक कार्यक्रम गर्नुभएकाे थियाे । केही समय प्रचारप्रसार तथा घरदैलाे गरेपछि यहाँबाट जानु भयाे, स्थानियले भने । टुरिष्ट उम्मेदवार भनेर चिनिएका बिवावदस्पद छविका बजगाई केही समय अगि पनि उत्तरी गाेरखाका केही स्थानमा चुनावि प्रचार प्रसारका लागि हेलिकप्टर प्रयाेग गरेका थिए । त्यसबेला उनले लिप्ट मागेकाे प्रतिक्रिया दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय गाेरखाले यसकाे पुस्टि गर्दै मुख्य निर्वाचन अधिकृत बसन्तराज पाैडेलयालले भने ‘ उत्तरी गाेरखाका केही स्थानमा उहाँहरू जानू भएकाे छ भन्ने माैखिक सुचना अाएकाे छ । हामी यसकाे थप अनुसन्धान गरि रहेका छाै । निर्वाचन अायाेगका प्रबत्ता नबराज ढकालले अहिलेसम्म कुनै पनि जानकारी नभएकाे प्रतिक्रिया दिए । हामीले अहिलेसम्म कुनै जानकारी पाएका छाैनाै, यसबारे मुख्य निर्वाचन अधिकृतकाे कार्यलयले थप अनुसन्धान गरीरहेकाे छ । निर्वाचन अचांरसहितामा कहि कतै जानू परे जिल्ला सुरक्षा समितीलाई जानकारी गराउनु पर्ने नियम छ तर बजगाईले निर्वाचनको अाचार सहिता पालना गरेन्, जिल्लाका एक सुरक्षा समितीका सदस्यले बबताए।

यसबारे बजगाईसँग बुझ्न खाेज्दा उनले कुरा गर्न चाहेन् । बजगाईले बामबगबन्धनका उम्मेदवार रामशरण बस्नेतसँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।