वाम गठबन्धनले बहुमत ल्याएर मुलुकलाई समाधान दिनेछ : खनाल

इलाम, २६ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन्।

माई नगरपालिका– १० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताए।

खनालले निर्वाचनपछि आर्थिक समृद्धिको बाटोमा मुलुकलाई उन्मुख गराउने नयाँ योजनाका साथ गठबन्धन गरिएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारमाथिको आक्रमण सुनियोजित भएको टिप्पणी गरे।

वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेपछि अरुमा खैलाबैला मच्चिएको खनालको भनाइ थियो।

ुवामपन्थीबीच एकता हुने भएपछि दक्षिणपन्थी र कांग्रेस अत्तालिएका छन्  उनले भने।

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने योजनाका साथ आफू निर्वाचनमा होमिएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अन्तु, कन्याम, सन्दकपुर र माइपोखरीको पर्यटनलाई माथि उकास्ने खालका नयाँ योजना ल्याइने बताए। रासस