विप्लवका पाँच कार्यकर्ता पक्राउ

गोरखा, २६ कात्तिक । नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता गोरखा जिल्लाबाट पक्राउ परेका छन्।गृहमन्त्रालयको निर्देशनअनुसार शनिबार राती पक्राउ गरिएका उनीहरूलाई थुनामा राखिएको गोरखा प्रहरीले जनाएको छ।

मंसीर ११ गते हुने निर्वाचनमा असर पुर्याउन सक्ने अनुमान गर्दै मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, अनिल कुमाल र कपिल भट्टलाई पक्राउ गरेको एसपी प्रकाश अधिकारीले बताए।

देशका बिभिन्न ठाउँमा नेताहरुलाई लक्षित गर्दै बम हान्ने, एम्बुस थाप्नेजस्ता गतिबिधि हुन थालेपछि गोरखा प्रशासनले सतर्कता बढाएको हो।