म जित्नैकालागी उम्मेद्वारी दिन चितवन आएको होइन : प्रचण्ड

चितवन, २६ कात्तिक । माअ‍ोवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र न. ३ का उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जित्नैकालागी आफू चितवन आएको नभइ चितवनको समग्र बिकासका लागि आफ्नो उमेद्वारी रहेको बताएका छन्छ ।चितवनलाइ तीब्र बिकासको आवस्यकता छ ,बिकास र सम्बृद्दी मार्फत चितवनलाइ देशकै नमुना जिल्ला बनाउनु आफ्नो उमेद्वारी रहेकोमा प्रचण्डले जोड दिए ।

संयूक्त बाम गठबन्धनक्षेत्र न ३ चितवन द्वारा आइतवार मंगलपुरमा आयोजित चुनाबी सभालाइ संवोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र न ३का उम्मेद्वार पुस्पकमल दाहाल ‘प्रचण्ड’ले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले बामपन्थीहरूको स्थिर सरकारले मात्र देशको मुहार कायापलट हुने बताउदैँ ५ बर्षमा चितवनको मुहार फेरी छाड्ने प्रतिबद्दता ब्याक्त गर्नुभयो । बामपन्थिहरूको एकता राष्ट्रको एकता भएको बताउदैँ अध्यक्ष प्रचण्डले नेपाली काग्रेसलाइपनि बृहद प्रजातान्त्रिक एकता कायम गरि आगाडी बढ्न सुझाब दिए ।
सभालाइ सम्बोधन गर्दै चितवन निर्वाचन क्षेत्र न ३मा आफूले कुनै प्रतिष्पर्धी नभएको बताए ।

नेपाली काग्रेसकै कुनै संघर्षशिल नेता चुनाबमा आयको भए मेरो प्रतिस्प्रधा हुन्थ्यो एक ब्यापारी ,ठेकेदार बिचारा ,राजनिती नभएको कुनै परिवर्तनकारी आन्दोलनमा सरिक नभएको बरू परिवर्तनको बिरोधमा लागेको ब्याक्ती कसरी मेरो प्रतिस्प्रधी हुन सक्छ रु प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले बिस्तृत शान्तिसम्झौता गर्दा शान्ति मार्फत सम्बृद्द नेपाल निर्माण गर्ने सपना स्वर्गिय गिरिजा प्रसाद कोइरालाले देख्नुभएको प्रसंग स्मरण गर्दै सम्झौताको हस्ताक्षर कर्ता आफू जिबित हुनाका नाताले उहॉको सपना पुरा गर्न म प्रतिबद्द छु भन्दै नेपाली काग्रेसका नेता कार्यकर्ताहरूलाइ गिरिजा बाबुलाइ संझियर आफूलाइ मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा ३नक्षेत्र प्रदेश ३क का बाम गठबन्धनका उमेद्वार कृष्ण भूर्तेलले ,नेकपा एमालेका नेता देबी ज्ञवाली बाम बुद्दीजिबी प्रेम रिमाल ,माओवादी केन्द्रका नेता बद्री तिमिल्सेना लगायतका नेताहरूले बाम गठबन्धनका सम्पुर्ण उमेद्वारहरूलाइ बिजयी गराउन आवहान गरेका थिए ।