​किसानलाई न्याय गर्छौ : रेणु दाहाल

प्रकाश सिग्देल

चितवन, कात्तिक । २६दुधमा सरकारले दिएको लिटरका आधारमा प्रतिलिटर एक रुपैया अनुदान रकममा बृद्धि गर्नु पर्ने किसानहरुले माग गरेका छन् । चितववनको भरतपुरमा आयोजना भएको भरतपुर महानगर स्थरीय दध क्षेत्र संरक्षण समिति चितवनले गरेको भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रतिलिटर ५ रुपैया अनुदान बिना किसानको हित हुन नसक्ने भन्दै यस्तो माग गरेका हुन् । किसानले घाटामा ब्यवसाय गरेर नेपालमा पशुपालनको बिकास पनि सम्भव नहुने भन्दै दुधमा प्रतिलिटर ५ रुपैया अनुदान पाउन सके किसान पशुपालन ब्यवसायबाट बिस्तापित हुनु पर्ने अवस्था सृजना नहुने उनिहरुको भनाई छ ।

चितवनमा ३०० वटा ब्यवसायीक फमहरु रहेको र त्यहा बाट दैनिक तिन लाख लिटर दुध उत्पादन हुने गरेको तथ्याकं सार्वजनिक गर्दै भरतपुर महानगर स्थरीय दुध क्षेत्र संरक्षण समिति चितवनका अध्यक्ष भागिरथ तिमिल्सेनाले दुधमा अनुदान रकम बृद्धि गरे चितवनमा दुध उत्पादन यसको तिन गुणा सम्म हुने र सरकारले दुध तथा दुध जन्य परिकारमा आत्मनिर्भर बनाउन लिएको लक्ष्य पुरा हुने बताउनु भयो ।

चितवनका किसानलाई दुध उत्पादनमा बृद्धि गराउने बातावरण तयार पार्न र महानगरलाई आगामी कार्यक्रमहरुमा किसानलाई थप उर्जा मिल्ने गरी बजेत बनाउन दवाव दिन पनि कार्यक्रमको आयोजना गरिएको उहाको भनाई छ ।
चितवनमा प्रतिलिटर १ रुपैया अनुदान दिदा गत वर्ष मात्रै किसानले अनुदान बापत २ करोड ३८ लाख रकम पाएको र अनुदान रकम तथा पशुपालन बिकासका कार्यक्रमहरुमा बिस्तार गर्दै लानु पर्ने जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख बरिष्ठ पशु चिकित्सक डा डिल्लिराम सेडाईले बताउनु भयो ।

सरकारले ब्यवसायीक किसानहरुलाई थप ब्यवसायीक बनाउन र पशु तथा दुध उत्पादनमा मुलुक आत्मनिर्भर बन्न पशु बिमा कार्यक्रम ब्यवस्थीत गर्नु पर्ने, बैंक तथा मेसिनरीमा छुट गर्नु पर्ने, परियोजनाका आधारमा कर्जा सुबिधा दिनु पर्ने राष्ट्यि ब्यवसायीक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष आनन्द न्युरेले बताउनु भयो ।
दाना चोक्कर र परालको मुल्यमा भारी बृद्धि, गुणस्तर हिन दानाको प्रयोग मेसिनरी खरिदमा चर्को मुल्य , काम गर्ने जनशंत्तिको अभाव, उच्च स्तरीय पशु नस्लको अभाव लगायतका धेरै समस्या किसानले भोग्नु परेको र यी सबै समस्या समाधानमा राज्यले ध्यान दिन नसक्दा किसानहरु पलायन हुनु पर्ने अवस्था सृजना भएको दुद्ध सहकारी संघ का पुर्व जिल्ला अध्यक्ष संकर राज राज भण्डारीले बताउनु भयो ।

राज्यले मेसिनरी उत्पादन र कच्चा पदार्थ आयातमा भ्याट रकम छुट गर्न सके किसानले सस्तोमा मेसिन खरिद गर्ने र त्यसले दुध उत्पादन लागत घट्ने र किसान तथा उपभोक्ता दुबैलाई फाईदा पुग्ने ह्वाईट हिमालयन इन्जिनियरिङ भरतपुरका प्रवन्ध निर्देशक तिलक शर्माले बताउनु भयो ।
आफुले डेरी प्रोसेसिगं पलान्ट, चिज भ्याट, मिल्क एनलाईजर, चिलिङ भ्याट लगाएतका डेरीका उपकरण निमार्ण गर्ने गरेको र राज्यले भ्याट छुट दिन नसक्दा आफुले किसानलाई महंगोमा बेच्न बाध्य हुनु पर।ेको उहाको भनाई थियो । उपकरण महंगो हुदा किसानलाई पनि दुध उत्पादन लागतमा असर गर्ने गरेको बताउदै उहाले राज्यले मेसिनरीमा छुट दिन सके किसानलाई राहत मिल्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरकी मेयर रेणु दाहालले किसानको समस्या समाधान गर्न महानगर किसानसंगै हातेमालो गरी अगाढी बढ्ने बताउनु भयो ।
कार्यक्रममा दुद्ध उत्पादक सहकारीहरुका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।