गुण्डा र ठेकेदारबाट चितवनकाे विकास हुँदैन : देवी ज्ञवाली

चितवन, २६ कात्तिक । “एउटा गुण्डा सुरुमा पैसा कमाउन ठेकेदारकाे पछि लाग्छ, ठेकेदारले ठेक्का पार्न गुण्डा प्रयाेग गर्छ। पछि त्यही गुण्डा अाफै ठेकेदार हुन्छ र ठेक्का पार्छ। जब ठेक्का पार्न राजनीतिक पहुँच अावश्यक ठान्छ, अनि ठेकेदार राजनीतिमा अाउँछ र चुनाव लड्छ। नेपालमा त्यस्ता गुण्डा ठेकेदार हुँदै राजनीतिमा अाएका छन्।”
चितवनकाे मंगलपुरमा अायाेजित काेण सभामा एमाले नेता देवी ज्ञवालीले भन्नुभयाे, “संयाेग नै मान्नुपर्छ, बिक्रम पाण्डे दाइ पनि त्यसरी नै राजनीतिमा अाउनु भएकाे छ।” “ठेकेदारबाट चितवनकाे विकास हुन सक्दैन” ज्ञवालीले भन्नुभयाे, “यसपटक चितवनकाे मुहार फेर्न प्रचण्डले जित्नुपर्छ।
बिक्रम दाइ ठेकेदार हाे, अध्यक्ष प्रचण्ड कमरेड चुनाव जितेपछि चितवनकाे ठेक्का बिक्रम दाइलाई नै पार्दिनु हाेला।”
कार्यक्रममा बाम बुद्धिजीवी प्रेम रिमालले भन्नुभयाे, “बिक्रम पाण्डले मैले बाटाे, पुल बनाएँ भन्नुभएछ।
ठेकेदारलाई ठेक्का पर्छ, पुल बनाउनुपर्छ, ठेक्का पर्छ, बाटाे बनाउनुपर्छ। ठेकेदारले ठेक्का लिएकाे पुल मास्टरले बनाउने हाे र ? नेताले नीति बनाउँछ, समृद्धि र विकासकाे नेतृत्व गर्छ। त्यसैले हामीले ठेकेदार हाेइन, राजनेता राेज्नुपर्छ।”