कांग्रेसलाई रुख काटेर हलो नबनाउन प्रचण्डको सुझाव

चितवन, २६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा क्षेत्र न ३ का उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्डले रुख काटेर हलो नबनाउन कांग्रेसलाई सुझाव दिएका छन ।
संयुक्त बाम गठबन्धनद्वारा मंगलपुरमा आयोजित चुनावी सभामा प्रचण्डले देश गणगतन्त्र संघियता, धर्मनिरपक्ष भईसकेको बेला देशलाई पुरानै अवस्थामा लैजाने चेष्टा नगर्न चेतावनी दिदैँ अध्यक्ष प्रचण्डले रुख काटेर हलो नबनाउन कांग्रेसलाई सुझाव समेत दिएका हुन् ।
प्रचण्डले कांग्रेसका तत्कालिन सभापती गिरिजा प्रसाद कोईरलासंग भएको १२ बुदेँ सभमदारी भएको र त्यस बेलाका हस्ताक्षर कर्ता आफु रहेको भन्दै गिरिजा प्रसाद कोईलाले देश अब तपाईको जिम्मामा छ भनेको स्मरण गरे ।
उनले भने “विद्रोहबाट आएको नेतालाई देशको जिम्मामा तपाईलाई छ भन्दा उहाँले गणतन्त्रप्रति , लोकतन्त्रप्रति संघियता प्रति उहाँको बुझाई उहाँको प्रतिवद्धता नै व्यक्त भएको हो, त्यसको अर्थ पक्कै पनि कांग्रेसलाई रिजेक्ट गरेको  पनि होईन । ”