कैलालीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ४२ घाइते

कैलाली, २६ कात्तिक । कैलालीमा वस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ४२ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा पल्टिँएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अहिले उद्धारको काम भैरहेको छ । प्रहरीका अनुसार घाइतेलाई सेती अञ्चल अस्पताल र पद्य अस्तालमा लगिँदैछ ।