म ड्राइभर मेरा जनता यात्रु , मेरो गाडिलाइ सफलता पुर्बक गन्तव्यमा पुर्याउने छु : दिनेश कोइराला

शिव शर्मा कात्तिक २५ भरतपुर : नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले नेपालको पछिल्लो राजनीति प्रति आफ्नो पनि असहमति रहेको बताउनु भएको छ ।श्री किसान सहकारी सस्था लिमिटेटले आज भरतपुर ६ केसरबागमा आयोजना गरेको २५ औ साधारण सभा तथा सुपथ मूल्यको पसल उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता , चितवन क्षेत्र न ३ (क) का प्रदेश सभा तर्फका उम्मेदवार दिनेश कोइरालाले नेपालमा अहिले भै रहेको राजनीतिले बिकास गर्न नसकेको बताउनु भएको हो । उहाले भन्नु भयो ‘ पछिल्लो समय नेपालमा राजनीतिले आफ्नो अभिभाबकत्व निभाउन सकेको छैन । राजनीति किसानको अभिभाबक हुनु पर्ने , राजनीति उधमिको अभिभाबक हुनु पर्ने , राजनीति बिद्यार्थीको अभिभाबक हुन पर्ने तर राजनीति त्यस्तो भएको छैन ।राजनीति राम्रो भएमा मात्र देश समृद्द हुने छ । ‘उहाले अबको राजनीति बिकासको लागि केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो ।

उहाले आफु जापान , अमेरिका , बेलायत लगाएतका देशमा अन्तरास्ट्रिय अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहुना जादा आफुलाई आफ्ना साथी हरुले यहि विदेशको ( पिआर )को प्रक्रिया थाल्न भने पनि आफुले आफ्नो समाज बनाउने प्रहण गरेको सम्झिदै उहाले आफुलाई अमेरिका , युरोपका कुनै सहरको रमझमले नछोएको बरु आफुलाई आफ्नै समाज बनाउने रमझमले छोएको बताउनु भयो ।

कोइरालाले आफ्ना छोरा छोरीको बाटो देखाइ सकिदिएको भए पनि हजारौ छोरा हरुको भबिस्य बनाउने जिम्बेवारी आफु माथि रहेको बताउनु भयो ।
उहाले आफु ड्राइभर र जनता यात्र भएको भन्दै भन्नु भयो ‘ म अहिले नेपाली कांग्रेस बाट टिकट लिएर यहा आएको छु । म नेपाली कांग्रेसको उम्मेदवारको रुपमा भएपनि तपाइँ हरु कै उम्मेदवार हु । म ड्राइभर हु तपाइँ मेरा यात्रु , अब मेरो हातमा ,काधमा त्यो गाडीलाई सफलता पुर्बक गन्तब्य सम्म पुर्याउनु छ । म यहाहरुलाइ भन्न चाहान्छु म समाज समृद्दी तर्फ लगेर मेरो गाडि सफल रुपमा गन्तव्यमा पुर्याउने छु । ‘

कोइरालाले सहकारी देश समृद्दीको मेरुदण्ड रहेको समेत बताउदै यसको ब्यबस्थापन , किसानको हक हितमा लाग्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बाम गठबन्धनका क्षेत्र न ३ (क ) का उम्मेदवार कृष्ण भुर्तेलले दिनेश कोइरालाको मुक्तकण्ठले प्रसंसा गर्दै कोइराला साच्चिकै बिकास प्रेमी रहेको र आफु पनि बिकासमा सबै संग सहकार्य गर्ने बताउनु भयो । आफु यस क्षेत्रको सुख दुखमा साथ् दिने भएकाले आफु पनि यहाको स्थानीय भएको दाबि गर्नु भयो ।
उम्मेदवार संग किसान भन्छन : मल बेलामा आउदैन सहज गरिदिन पर्यो
धान गहु , मकै लगाएत कृषि बालि र पशु पालनको केन्द्र बिन्दु रहेको केशर बाग क्षेत्रमा किसानले मलको समस्या अझै पनि निराकरण हुन नसकेको गुनासो गरेका छन् । किसान हरुले मलको समस्या निराकरणका लागी पहल गरिदिन उम्मेदवार संग आग्रह समेत गरेका छन् ।