सरकार नै निर्वाचन विथोल्न लागेको छ ः प्रचण्ड (भिडियो)

चितवन २५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नै निर्वाचन वोथोल्न लागिपरेको आरोप लगाउनुभएको छ । चितवनको भरतपुरमा आयोजित पेशागत कर्मचारी संगठनको कार्यक्रममा सम्वोधन गर्दै यस्तो आरोप लगाउनुभएको हो ।                                                                      चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्डले चुनावी प्रंचारमा खटिएका माओवादी नेताहरुलाई लक्षित गरी वम विष्फोट गराउने र सवारी साधनमै आक्रमण गर्ने काम सरकारकै संरक्षणमै भइरहेको दावी गर्नुभयो । उहाले सरकारका मन्त्रीले नै हतियार सहित गिरफ्तार भएका भएको आरोपमा पक्राउ परेकालाई छाड्न निर्देशन दिनु र वक्तव्यवाजी गर्नु नै चुनाव विरोधी गतिविधिमा आफै लागेको स्पष्ट भएको वताउनुभयो । उहाले चुनावी गतिविधिले वाम गठवन्धनको दुई तिहाई वहुमत आउने निश्चित भएकोले विरोधीहरु आतंकित वनेको वताउभयो । उहाले काग्रेसलाई चुनावी माहोल नविगारी लोकतान्त्रीक पद्धतीमा समाहित भई आफ्नो हैसियत वुझ्न आग्रह् समेत गर्नुभयो । उहाले आजै चितवनका ३ नं क्षेत्रको गुहनगर वडा १४ शिवनगर,सुन्दरवस्ती,वडा २१ पार्वतीपुर र वडा २२ पटीहानीमा आयोजित सभामा सम्वोधन गर्नुका साथै घरदैलो समेत गर्नुभएको छ ।

Promise Education Consultancy