म आफैँले गौचरणमा खाम्बो गाडेर सुकुम्वासी राख्न सुरु गरे : प्रचण्ड (फोटो सहित)

चितवन, २५ कात्तिक । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो गृहनगर शिवनगरका सुकुम्वासीहरुसंग भेटघाट तथा छलफल गरेका छन् ।


क्षेत्र नं ३ का उम्मेद्वार समेत रहेका उनले चुनावी घरदैलो भेटघाटका क्रममा आफु सधैँ सुकुम्वासीको पक्षमा रहेको बताए । “उनले विगतलाई सम्झदैँ भने,‘ म हिजो देखि नै सुकुम्वासीको पक्षमा रहेको थिए, ३६ सालमा भिमसेन नगरको गौचरणमा खाम्बो गाडेर सुकुम्वासी राख्न आफैले सुरु गरेँ ।”


९ महिने सरकारको बेला आफुले मंगलपुरको सुकुम्वासीलाई लाजपुर्जा वितरण गरेको बताए ।  छोटो समयका कारण सबै समस्या हल गर्न नसकिएको उनको भनाईछ ।

उनले अब बन्ने बाम पन्थी सरकारको पहिलो क्याबिनेट बैठकबाट सुकुम्वासी समस्या सामाधानका लागि ठोस निर्णय गर्ने बताए ।