मधेसी शीर्ष नेतालाई चुनाव जित्न कठिन

काठमाडौँ, २५ कात्तिक । आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा शीर्ष मधेसी नेतालाई चुनाव जित्न कठिन हुने देखिन्छ ।

मुख्य दुई मधेसवादी दलका अध्यक्षलाई नै चुनाव जित्न फलामाको च्यूरा चपाएजस्तो कठिन बन्दै गएको छ ।

संविधान जारी हुनु अघि निरन्तर आन्दोलनमा रहेकाले संगठनिक संरचना बनाउन नसकेका नेतालाई झनै कठिन भएको छ ।

मधेस आन्दोलनको उर्वर भूमिमा समेत अन्य दलका उम्मेदवार हावी हुँदै गएका छन् । आजको नेपाल समाचारपत्रमा  खबर छ ।