तोकिएको रकम भन्दा लाखौ बढी रकम खर्चगरी चुनावी प्रचार

 

 

चितवन, कार्तीक २५ । मोटिभेटिभ युथ गुरुपले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ ।

उमेदवारहरुले निर्वाचन आचार संहिता पालना नगरेको र तोकिएको रकम भन्दा लाखौ बढी रकम खर्च गरी चुनावी प्रचार प्रसार गरेको आचार संहिता बिना तथा सवारी सन्चालनका लागी अनुमती बिनानै प्रचार प्रसारमा सवारी साधन प्रयोग गरेको हर्न मुक्त सहरमा हर्न बजाउदै प्रचारमा हिड्ने काम भएकाले त्यस्ता कार्या तत्कालै रोक्न आग्रह सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै गुरुपकी संयोजक तारा बरालले निर्वाचन नजिकिएसंगै आचार संहिता उलंगनका कामहरु बढेकाले त्यसलाई रोक्नका लागी कार्यालयको ध्यानार्कषण गराएको बताउनु भयो ।

Promise Education Consultancy