नापीमा यस्तो कर्मचारीको लापरवाही , जनताले सास्ती खेप्दै, प्रशासन बेखबर

प्रकाश सिग्देल
चितवन, कार्तीक २५ । जिल्ला नापी कार्यालय भरतपुरमा कर्मचारीहरुको लापरबाहीका कारण सेवाग्राहीहरुले समस्या भोग्नु परेको छ । कर्मचारीहरुले सेवा ग्राहीहरुको काम गर्न आलटाल गर्ने र कार्यालय समयमा कार्यकक्ष छोडेर अन्यत्रै हिड्ने गरेको कारण सेवाग्राहीहरुले दुख पाएका छन् ।
आपटारी देखी सेवा लिन नापी कार्यालयमा आउनुभएका होमराज सिल्वालले आफु एक घन्टा भन्दा बढि एउटै कर्मचारीलाई कुरेर बस्दा खसमेत कर्मचारी फेला पार्न नसकेको बताउनु भयो ।
जनताको काम गर्न कर्र्मचारी तयारै नहुने घन्टौ कुर्दा समेत नआउने र आएपनि काम गर्न ढिला गर्ने गरेको उहाको भनाई छ ।
कार्यालयका अधिकाम्स कुर्चितथा कोठाहरु खानीनै रहेका थिए । शुक्रबार बैक ३ बजे बन्द हुने हुदा बैकिगमा गर्नुपर्ने भएकाले काम चाडो सकाएर बैकमा जान हतारिएकमा सेवाग्राहीहरु कर्मचारीले कमामा आलटाल गरेपछी दुखित हुदै बसिरहेका थिए ।
कार्यालयको काम कारबाही देखी बाहिय ब्यवस्थापन समेत प्रभावकारी नभएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो ।
कार्यालयको परिसर भरी चुरोट सुर्ती पुकार का खोलहरु र जताततै फोहोरै फोहो र रहेको भन्दै सरकारी कर्मचारीको गैरजिम्मेवारी प्रबृतिले हरेक क्षेत्रमा बेथीति मौलाएको बताउनु भयो ।