चितवनमा हाईवे सुरक्षा जाँच तथा सवारी चेकजाँच रात्रीकालिन कार्ययोजना लागु, दुई चालक पक्राउ

चितवन, २३ कात्तिक । चितवनमा प्रतिनिधि तथा प्रदेश निर्वाचनलाई लक्षित गरि हाईवे सुरक्षा जाँच तथा सवारी चेकजाँच रात्रीकालिन कार्ययोजना २०७४ सुरु भएको छ ।
चुनावका वेलामा हुने अपराधीक क्रियाकलाप नियन्त्रण तथा हाईवे सुरक्षाका लागि चितवनमा हाईवे सुरक्षा जाँच तथा सवारी चेकजाँच रात्रीकालिन कार्ययोजना भएको हो । जसमा लागि जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले जिल्लामा पर्ने हाईवे सुरक्षा जाँच तथा सवारी चेकजाँच रात्रीकालिन गस्ती सुरु गरेको कार्यालउका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

‘जिल्ला पूर्व प्रधानमन्त्री, बाहालवाल मन्त्री देखि पूर्व मन्त्री र संसादसगैँ जिल्लाका शिर्ष नेताहरु चुनावी मैदानमा हुनुहुन्छ उनले भने । जुनसुकै वेलामा जे पनि हुनसक्ने आंशकका साथ हामीले यो कार्ययोजना सहित काम सुरु गरेका हौँ । ’
सोी कार्य अन्र्तगत चितवन प्रहरीले डकखण्डमा सवारी रोकी चालक संग १ मिनेट, यात्रु संग २ मिनेट कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । सोही अवसरमा विभिन्न जनचेतना फैलाउने, कनै अपराधी क्रियाकलाप त भएको छैन् भनि निरिक्षण समेत गर्ने गरेको कार्यालयका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।

सोही क्रममा काँकडभिट्टाबाट काठमाण्डौ जादै गरेको ना ५ ख ४८४२ र ना ७ ख २१११ नं.को यात्रु बसका चालकहरुले मादक पदार्थ सेवन गरी सवारी चलाएपछि उनीहरुलाई पक्राउ गरिएको उनले बताए । यसरी पक्राउ पर्नेमा मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१२ बस्ने बर्ष ३९ को राम बहादुर थिङ र २. काठमाण्डौं चन्द्रगिरी न.पा.वडा नं.७ बस्ने बर्ष ४७ को प्रेम बहादुर तामाङ रहेको थापाले बताए ।
पक्राउ परेका दुवै चालकलाई सार्वजनिक (अपराध र सजाँय) २०२७ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको चितवन प्रहरीले जनाएको छ ।