मंसिरमा हुने चुनावका लागि तयारी तिब्र : २२ लाख मात्र परिचयपत्र छापियो

काठमाडौं, कात्तिक २४ – निर्वाचन आयोगले पुराना मतदातका लागि मंसिरमा हुने चुनावका लागि परिचयपत्र नछाप्ने भएको छ ।
पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नयाँ मतदातकाको मात्र परिचयपत्र छापिने भएको हो । गएको स्थानीय तहको चुनावमा मतदाता नामावली नाम रहेका नागरिकका लागि आयोगले फेरि परिचयपत्र वितरण गर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

स्थानीय तहका चुनावमा भोट खसालेका मतदाताले पुरानै परिचयपत्रका आधारमा भोट खसाल्नुपर्ने ढकालको भनाइ छ । मतदातको सहजका ता लागि आयोगले सरकारी निकायबाट जारि भएको कुनै पनि आधिकारिक परिचयपत्रका आधारमा भोट खसाल्ने सुविधा दिएको छ ।
आयोगले नयाँ थपिएका र स्थानान्तरण भएका मतदाताको मात्र परिचयपत्र छाप्ने काम अन्तिम चरणमा पु¥याएको छ । ‘नयाँ थपिएका करिब १४ लाख र स्थानान्तरण भएका ८ लाख गरिक २२ लाख परिचयपत्र छापेर सकिन लागेको छ । आइतबारसम्म सबै तयार भइसक्छ, प्रवक्ता ढकालले भन्नुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि देशरभारबाट एक करोड ५४ लाख मतदाता छन् ।