पूर्वी चितवन महोत्सव सुरु भयो , लोकतन्त्र रक्षा गर्न कलाकार मदनकृष्णको दलहरुलाई सुझाव, हरौँ यि ५ फोटो

 

चितवन कार्तिक २४ । रत्ननगरमा शुक्रवारदेखी पूर्वी चितवन महोत्सव २०७४ सुरु भएको छ । रत्ननगर जेसिजको आयोजनामा महोत्सवको एक समारोहकाबीच नेपालका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरे ।


उद्घाटन समारोहलाई सम्वोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले लोकतन्त्रको रक्षाका लागि कुनै सम्झौता गर्न नहुने वताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले शिप सिकाउने र सिक्ने खालका महोत्सव हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा महोत्सवका संयोजक निरज श्रेष्ठले आर्थिक,सामाजिक विकासका लागि महोत्सव आयोजना गरिएको वताए । विवाह संस्कृतीमा विकृती देखा पर्न थालेकाले महोत्सव मार्फत सन्देश दिन महोत्सवलाई विवाह विशेष वनाईएको श्रेष्ठको भनाई थियो ।


रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला विकास समन्वय समिति चितवनकी उपसभापति मुना श्रेष्ठ,नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष कैलाश श्रेष्ठ,उपाध्यक्ष मंजरी घिमिरे,वीस हजार जेसिजका अध्यक्ष कमल सिग्देल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


महोत्सव उद्घाटनका अवसरमा पूर्वी चितवनमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जनालाई मरणोपरान्त स्मृती सम्मान गरिएको छ । कला संस्कृती संरक्षणमा योगदान पुर्याएका जगतकृष्ण प्रजापति,व्यवसायिक तर्फ भवदत्त अधिकारी,वातावरण संरक्षण तर्फ पुष्पराज सुवेदी,शिक्षा तर्फ गुणराज पाठक र सामाजिक क्षेत्र तर्फ किशोरचन्द्र ढुंगाना र नाथुराम महतोलाई मरणोपरान्त स्मृती सम्मान गरिएको हो ।

महोत्सवमा एउटा विवाह मण्डप वनाई एक जोडी वनाएर प्रत्येक दिन विभिन्न जातजातिको विवाहका बारे जानकारी दिईने आयोजकले वताएको छ ।
त्यस्तै विवाह सम्वन्धी दुलही श्रृंगार प्रतियोगिता,मेहन्दी प्रतियोगिता ,रत्यौती प्रतियोगिता समेत आयोजना गरिने छ ।
उद्घाटन अघि रत्ननगरको निपनीदेखी महोत्सवस्थल रत्ननगर ३ स्थित विद्युत चोकमा रहेको चौर सम्म शोभा यात्रा निकालिएको थियो ।