भरतपुर ११ मा बाम गठबन्धनका उम्मेद्वारलाई स्वागत

चितवन, कार्तिक २४ । प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागी घरदैलोमा हिडेका बाम गठबन्धनका उम्मेद्वारलाई भरतपुर ११ मा भव्य स्वागत गरिएको छ । प्रतिनिधी सभाका उम्मेद्वार कृष्णभक्त पोखरेल र प्रदेश सभाका उम्मेद्वार विजय सुवेदीलाई स्थानियले घर अघि घडा राखेर बाजागाजा सहित स्वागत गरेका हुन् ।

सो अवसरमा एमाले भरतपुर ११ का सयौंको संख्यामा स्थानिय र कार्यकर्ताको उपस्थिती रहेको थियो । विशालचोकदेखी कुमारी चोकसम्मको घरदैलो पश्चात भरतपुर ११ को संयुक्त निर्वाचन परिचालन समितीको कार्यालय उद्घाटन गरिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै चितवन २ बाट प्रतिनिधी सभाका उम्मेद्वार कृष्णभक्त पोखरेलले जुनसुकै हालतमा पनि बाम एकता हुने बताउनु भयो ।

उहांले बामपन्थी गठबन्धनलाई विजयी गराएर स्थिर सरकार बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । पोखरेलले संविधान निर्माण गर्ने अबिभारा पुरा गरिसकेकाले विकास निर्माणका लागी अमुल्य मतदान गर्न आग्रह गर्नुभयो ।
घरदैलोमा उपस्थित भएका स्थानियको संख्या देखेर आफुहरु निकै खुसी भएको चितवन २ (ख) बाट प्रदेश सभाका उम्मेद्वार विजय सुवेदीले बताउनु भयो । उहाँंले सर्वसाधारणको उपस्थितीले विजयी भैसकेको अनुभुती भएको वताउनु भयो ।

चितवनमा बामपन्थी आन्दोलनको संधै निर्णायक भुमिका खेलेको भरतपुर ११ ले आफ्नो इतिहास कायम राखेको वताउनु भयो ।
अव देशमा वामपन्थी दलहरु विच एकताको विकल्प नरहेको भन्दैं उहांले स्थानिय स्तरवाटै दवाव सृजना गर्नुपर्ने वताउनुभयो ।

सुवेदीले शिर्ष नेताहरुले देशलाई समृद्धीतर्फ लैजानका लागी कम्युनिष्टहरुको एकताको अभियान चलाएको वताउनु भयो । स्थानिय तहदेखी केन्द्रसम्म बामपन्थीको सरकार बनाएर समृद्ध नेपाल निर्माण गरिने उहाँको भनाई छ ।