जितनारायण भन्छन् : पहाडी क्षेत्रका जनतालाई विकास सम्भव छ तर अघिका प्रतिनिधि गरेनन्

चितवन, २४ कात्तिक । चितवन क्षेत्र नम्बर २ क का लागि प्रदेश सभाको उम्मेदवार जितनारायण श्रेष्ठले पहाडी क्षेत्रको बिकासका लागि कुनै कसुर बाँकि नराख्ने बताउनु भयो । यस अघिका जनप्रतिनिधिले पहाडी क्षेत्रलाई अपहेलना गरेको भन्दै उहाँले अब पहाडको बिकास गर्दै सदरमुकाम सम्म जोड्ने उहाँले बताउनु भयो । नेपाली काँग्रेस ईच्छाकामना गाउँपालिकाले आयोजना गरेको कार्यक्रता भेला कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो ।
जिल्लाको बिकासका लागि आँफुले हाल सम्म गरेको योगदान र अबको बिकासका लागि पनि सक्दो सहयोग गर्ने बताउनु भयो । आफुहरुको विजयीले पहिलो पटक ईच्छाकामना गाउँपालीकामा रिङ् रोडको व्यवस्था गर्ने जसले गर्दा पर्यटन बिकासमा ठूलो फड्को मार्न सक्ने बताउनु भयो ।

यस क्षेत्रमा पर्यटकीय क्षेत्रको बिकासले पर्यटठनको आगमन हुने र यस क्षेत्रको आर्थिक बिकास समेत हुने उहाँले बताउनु भयो ।
चितवनको साबिक २ नम्बर क्षेत्रको बिकास हेर्दा यहाँ केहि नभएकाले बिकासका लागि काँग्रेस आबस्यक रहेको बताउनु भयो । काँग्रेस बिना ग्रामिण क्षेत्रको बिकास सम्भब नहुने भन्दै उहाँले अब यस क्षेत्रका जनताले बिकासको आभास हुने बताउनु भयो ।

यस अघि यस क्षेत्रको बिकास हुनु पर्नेमा सहर केन्द्रित मात्रै भएको उहाँले बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका महासमिति सदस्य राजेश्वर खनाल, ईच्छाकामना गाउँपालीका अध्यक्ष गिता गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, पूर्ब सांसद गिता वाग्ले लगाएतले बोल्नु भएको थियो । कार्यक्रम बिष्णु कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।