पाँच बर्षमा हरेक स्थानमा सडक संञ्जालः अधिकारी

 

चितवन, २४ कात्तिक । नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका सदस्य उम्मेदवार शेषनाथ अधिकारीले ईच्छाकामना गाउँपालिकाका हरेक क्षेत्रमा सडक संञ्जाल पुर्याउने बताउनु भयो

। नेपाली काँग्रेस ईच्छाकामना गाउँपालिकाले आयोजना गरेको कार्यक्रता भेला कार्यक्रममा बोल्दै उहाँले आफु निर्वाचित भए यस क्षेत्रका हरेक स्थानमा सडक पुर्याउने प्रतिबधता व्यक्त गर्नु भएको हो ।
शिक्षा राज्यमन्त्री अधिकारीले चितवनको क्षेत्रमा सडक सञ्जालले नछोएका कारण यस क्षेत्रका जनता पछाडि परेको बताउनु भयो । सो अवसरमा बोल्दै अधिकारीले बिजुलि नपुगेका स्थानमा ५ वर्षमा बिजुलि पुर्याउने र नपुग्ने ठाउँमा बैकल्पिक उर्जाको व्यवस्था गर्ने बताउनु भयो । आफुले तत्काली क्षेत्र नम्बर २ मा गरेको बिकासका कारण सो क्षेत्रका जनता निकै हर्सित भएको तर यस क्षेत्रमा बिकास हुन नसक्नु बिडम्बना रहेको बताउनु भयो ।
बिकास प्रेमी आफु र जिल्ला सभापति दुई जना मिले पहाडि क्षेत्रको मुहार फेर्ने उहाँले बताउनु भयो ।