गोर्खाज फाइनान्सको चितवनमा आफ्नै भवन उद्धघाटन

चितवन २४ कार्तिक । गोर्खाज फाइनान्स लिमिटेड नारायणगढको आज भवन उदघाटन गरिएको छ । भरतपुर महानगरपालिकाका उप मेयर पार्बती शाहले भवनको उद्घाटन गरेकी थिईन् ।
गोर्खाज फाइनान्स बाइस बर्ष पुगि तेइस बर्षमा प्रबेश गरेको अवसरमा शाखाको उदघाटन गरिएको फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले बताए ।
हालसम्म उन्नाइस वटा शाखा रहेकामा यहि मंसिर भित्रमा पच्चिसवटा शाखा पुर्याइने राईले जानकारी दिए ।
भरतपुर उकालोमा रहेको फाइनान्सले गा्रहकको सुबिधाको लागी ए टि एम लगाएत बिदेशबाट पैसा पठाउन आइएमइ लगाएतको सेवा प्रदान गर्दै आएको प्रबन्धक बिनोद सुनुवारले बताए ।
बार्षिक उत्सबको अवसरमा मानविय सेवा अन्तर्गत मञ्जुश्री असहाय संरक्षण केन्द्रलाइ पच्चिस हजार रुपैया सहयोग गरिएको सुनुवारले बताए ।
भवन उद्घाटनकै अवसर पारेर रक्तदान कार्यक्रम पनि आयोजना गरिएको उनले बताए । कार्यक्रममा तीस जना भन्दा बढिले रक्तदान गरेका थिए (भिडियो)