मन्त्री जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार

काठमाडौँ, २४ कात्तिक  । बिना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर रुकुममा बम प्रहार गरिएको छ।

आज बिहान करिब ९ बजेर १५ मिनेटमा मन्त्री जनार्दन शर्मा चुनावी प्रचार प्रसार सकेर फर्किने क्रममा र चौरजहारी नगरपालिका–८ को गोइरीमा २ वटा बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी राजेन्द्र धमलाले बताए।

रेडबुलको बट्टामा पिठो लगायतका घरेलु सामाग्री प्रयोग गरी तर्साउन खोजिएको देखियो डिएसपी धमलाले पहिलोपोस्टसँग बताए।

कसले र किन बम प्रहार गरको थाहा पाउन प्रहरीले अनुसन्धान गरिरहेको छ।