मुटु शिविरबाट ७ सय ५० जना बढी लाभान्वीत

 

चितवन, कार्तिक २४ । नेपाल हृदय रोग प्रतिष्ठान , रोटरी क्लब अफ नारायणगढ र रोटर्याक्ट क्लब अफ नारायणगढको संयुक्त आयोजनामा आज नारायणगढ स्थित बालकुमारी उच्च माध्यमिक विद्यालयको परिसरमा निशुल्क मुटु तथा मधुमेह परिक्षण सम्पन्न भएको छ । सो अबसरमा विद्यालयका करिब पाँच सय जना छात्रछात्राहरू एवम् अन्य दुईसय पचास सर्वसाधारणहरुले मुटु तथा मधुमेह परीक्षण गराएको छ ।
पुरानो मेडिकल कलेज भरतपुरका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरहरू कौशलतिवारी र शंकर लौडारीको नेतृत्वमा युरोपियन मुटुरोग विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रमको शुरुवातमा बोल्दै नेपाल हृदय रोग प्रतिष्ठान चितवन शाखाका अध्यक्ष भोजराज कौडेलले चितवनका विभिन्न संघ–संस्थाहरूसँग मिलेर संयुक्त रुपमा विभिन्न स्थानहरूमा मुटु तथा मधुमेह रोगको परीक्षणहरू गरिँदै आएको जानकारी गराउनुभयो ।
सो स्वास्थ परीक्षण शिविरमा विद्यार्थी तथा अन्य सर्बसाधारणको उच्च रक्तचाप तथा मधुमेह परीक्षण, मुटुको एक्सरे तथा कार्डियोग्राफी गरिएको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नारायण प्रधानले बताउनुभयो ।
क्लबका निबर्तमान अध्यक्ष संजय श्रेष्ठले मुटु मानव शरीरको महत्वपूर्ण अंग भएकोले बिद्यार्थी माझ यस सम्बन्धि जनचेतना जगाउन बिद्यालय परिसरमा कार्यक्रम राखिएको बताउनु भयो र
कार्यक्रममा रोटरी क्लबअफ नारायणगढका पूर्व अध्यक्ष, सदस्यहरू, रोट९याक्ट क्लब अफ नारायणगढ का पूर्व अध्यक्ष एवम् सदस्यहरू, बालकुमारी उच्च मा।वि।, नारायणगढका शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए ।