काग्रेसको साथले ५ वर्षमा कुनै समस्या आउदै : वन मन्त्री पाण्डे

चितवन, २४ कात्तिक । वन तथा भु संरक्षण मन्त्री तथा चितवन क्षेत्र नं. ३ का उम्मेदवार विक्रम पाण्डेले काग्रेसको साथमा अब ५ बर्षमा हरेक समस्या समाधान गर्ने दावी गरेका छन् ।
‘हिजोको दिनमा म एक्लै विकास गर्दै आएको थियो उनले भने । अब त काग्रेसको साथ छ, काग्रेसले नै देशलाई निकास दिए हो, अब यसैको साथले अब ५ बर्षमा हरेक समस्या समाधान हुन्छ । ’
राप्रपाका महामन्त्री समेत रहेका पाण्डेले चुनावी घरदैलो अभियानकै क्रममा श्रीजयकालीका वचत तथा ऋण सहकारीको १६औ साधरण सभालाई बोल्दै अबको काग्रेस विना मुलुकको समृद्धी सम्भव नभएको बताए ।
पाण्डेले लोकतान्त्रिक गठवन्धनले महिला, वालवालिका, सुकुम्बासी, जनजाती र दलितहरुको समस्याको समाधानमा लागी पर्ने विश्वास दिलाए । उनले आफ्नो क्षेत्रका कच्ची र धुलाम्मे सडकहरुमा कालो पत्रे निर्माण गर्ने बताउदै जनताको चित्त बुझ्ने खालको कार्य गरेर देखाउने दावी गरे ।
साथै उनले अहिले आफु वन मन्त्री भईरहदा चितवनका जनताहरुको लागि धरै कार्यहरु गरीररेको समेत जनाए ।
आफु वन मन्त्री भईरहदा निकुञ्जका सडकमा पर्ने रुखहरु पनि हटाईएको मन्त्री पाण्डेको भनाई छ । जंगली जनावरहरु बाट मानिसमा हुने क्षती कमगर्नको लागी आफुले नारायणी, राप्ती र रिउ खोलामा तटवन्धनको लागी छिट्टै टेण्डर गराउने समेत जानकारी दिए ।
यसअघि मात्रै नाराययणगढ देखि गोलाघाटसम्म र गोलाघाटदेखि पर्यटकीय नगरि सौराहा सम्मको पर्यटकीय मार्ग निर्माण गर्न लागिएको बताए ।
चुनावी दौडानका चनौलीमा पुग्नू भएका पाण्डेले आँफुले माडीलाई स्र्माट सिटीको रुपमा विकास गर्ने अवधारणा ल्याएको बताउदै आँफु निर्वाचित भएको ५ बर्ष भित्र चनौलीलाई स्र्माट सिटीको रुपमा विकास गर्ने बताए ।

.