प्रचण्डको गाँउ काग्रेस नेता दिनेशले भनेः “विक्रम पाण्डेलाई जिताएरै छाड्छौ”

चितवन, कार्तिक २४ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ प्रदेश ९क० का प्रदेश सभा सदस्य दिनेश कोईरालाले विक्रम पाण्डेलाई जिताएरै छाड्ने उद्घोष गरेका छन् ।

नेपाली कांग्रे स तथा राप्रपा प्रजातान्त्रीकको चुनाबी प्रचारप्रसारको संयुक्तरुपमा स्थापित सम्पर्क कार्यलय उद्घाटनको क्रममा प्रचण्डको गाँउ शिवनगर पुगेका कोईरालाले यस्तो बताएका हुन् ।

स्थानीय चुनावमा मेयरको टिकट पाएर २ दिन प्रचारमा हिडेको समेत बताएका कोईरालाले पार्टीको आज्ञा पालना गरेर प्रचण्डको छोरीलाई जिताएर पठाएको कोईरालाले बताए ।

कार्यक्रममा बोल्दै उनले यसपालीको चुनावमा सम्पुर्ण कांग्रेस एक जुट भएर प्रतिनिधी सभा सदस्यतर्फ विक्रम पाण्डेको गोलाकार भित्रको हलो चिन्हमा भोट गर्न आग्रह गरेका छन् ।