चितवनको देवज्योती स्कुलको बस नवलपरासीमा दुर्घटना, ४० घाइते, ५ को अवस्था गम्भिर (भिडियो)

नवलपरासी कार्तिक  । नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिँडेको बस आज बिहान १० बजे दुर्घटनामा परेको हो ।

भुमही भैरहवा सडकखण्ड अन्तर्गत रामग्राम–१५ सुक्रौलीमा बसको पट्टा भाँचिएर अनियन्त्रित हुँदा सडक छेउमा रहेको खाडलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै स्थानीयले पानी जमेको खाडलबाट विद्यार्थी र शिक्षकलाई उद्धार गरेका थिए ।

 

घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि भरतपुर पठाइएको छ । सामान्य घाइतेको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको छ । शैक्षिक भ्रमणका लागि विद्यार्थी लुम्बिनी जाँदै थिए ।