दिवाकर स्मृति भलिबलको उपाधि चुलो रेष्टुरेन्ट र माडी खेलकुदलाई

चितवन, २३ कात्तिक । माडीमा जारी दिवाकर तीर्थकुमारी भुषाल स्मृति खुल्ला तथा भेट्रान भलिबल प्रतियोगिता २०७४ को खुल्ला तर्फको उपाधि चुलो रेष्टुरेन्ट नारायणगढले जितेको छ ।
बिहिबार सम्पन्न फाईनलमा मध्यबिन्दु भलिबल एेकेडेमी नवलपुरलाई ३ /१ को सेटमा पराजित गर्दै चुलो रेष्टुरेन्टले हो प्रथम पुरस्कार नगद रु ७५ हजार सहित ट्रफिप्राप्त गर्यो । द्धितिय हुने मध्यबिन्दु भलिबल एेकेडेमीले नगद ५० हजार र ट्रफि प्राप्त गरेको छ ।

त्यस्तै भेट्रान तर्फको फाईनलमा माडी खेलकुद परिषद्ले भुपु सैनिक भरतपुरलाई ३/२ को सेटमा पराजित गरी नगद २० हजार प्राप्त गरेको खेलका मिडिया संयोजक सन्तोष पनेरुले जानाकारी दिए । २० टीम सहभागि खेल १८ गते उद्धाटन भई २३ गते समापन भएको थियो ।