चितवनमा प्रचण्डको घरदैलो अभियान सुरु

चितवन, २३ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधी सभाका उम्मेद्वार पुष्पकमल दाहाल “प्रचण्ड”ले आज (विहिवार) देखी घरदैलो अभियान सुरु गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्वर १३ को उज्वलनगरवाट उनले घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलोका क्रममा स्थानियले प्रचण्डलाई स्वागत गर्दै चितवनको विकासमा संधै यही क्षेत्रमा रहिरहन आग्रह गरेका थिए । ८४ बर्षिय वृद्ध मुनि न्यौपानेले प्रचण्डलाई आशिर्वाद दिँदै भेट्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले आफ्नो पालामा देशमा विकास नभएको भन्दै अव विकास हुनेमा आशावादी रहेको वताइन् ।


घरदैलो अघि प्रचण्डले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटन गरेका छन् । प्रचार कार्यालयको उद्घाटन गर्दै प्रचण्डले चितवन र समग्र राष्ट्रको संमृद्धीको लागी चितवन रोजेको वताए । उनले निर्वाचनपछि नेपालमा बामपन्थीको दुइतिहाई बहुमत आउने र स्थीर सरकारसंगै देश आर्थिक संमृद्धीमा लाग्ने वताए ।
यस्तै सोही अवसरमा वोल्दै चितवन ३ प्रदेश (ख) का उम्मेद्वार रामलाल महत्तोले आफुले शिर्ष नेताको साथमा लागेर विकास निर्माण गर्ने प्रतिवद्धता जनाए ।

Promise Education Consultancy