रियाद विमानस्थल क्षेप्यास्त्र आक्रमणप्रति नेपालको निन्दा

काठमाडौं,  २३ कात्तिक । नेपाल सरकारले सउदी अरेबियाको रियाद विमानस्थलमा बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणबाट दुःखित भएको जनाउँदै त्यसलाई ‘समवेदनाहीन’ भनेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी सउदी अरेबियाको रियाद विमानस्थल मा बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणको घोर निन्दा गर्दै त्यसलाई ‘समवेदनाहीन’ कार्य भनेको हो ।

विज्ञप्तिमा आतंकवाद र हिंसाका जुनसुकै रुप र प्रकटीकरणको नेपाल सधैँ विरोध गर्दछ भनिएको छ । रासस