प्रचण्ड जिताउन चितवनका महिला एकजुट, सरस्वतीलाई संयोजक र संगीतालाई उपसंयोजक तोक्दै ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा (भिडियो)

चितवन, २३ कात्तिक । चितवनमा वामगठबन्धनका उम्मेदवारहरु जिताउन चितवनका महिलाहरु एकजुट भएका छन् ।
राष्ट्र नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चितवनमा आउनु चितवनवासीकै लागि गौरव भएको भन्दै उनहिरु एकजुट भएका हुन् ।


साथै उनीहरुले वामगठबन्धनका उठेका प्रचण्डसहित पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, पूर्व सासद कृष्णभक्त पाखे्रेरल सहित सबै प्रदेश सभाका सदस्य पदका उम्मेदवारहरुलाई जिताउने उद्घोष गरेको छन् । जसको लागि अखिल नेपाल महिला संघ चितवन र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनले सरस्वती विष्ट संयोजक र संगीता भट्टराई उपसंयोजक भएको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेका छन् ।

 

भेलासगैँ संयुक्त महिला भेला तथा राजनैतिक प्रशिक्षण कार्यक्रमको एक समारोहका विच प्रचण्डले उद्धघाट गरेका थिए । सो अवसरमा बोल्दै उनले चितवनका महिलाहरुले निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताएर नयाँ रेकर्ड कायम गर्न बताए । उनले चितवनमा महिलाहरुलाई टिकट दिन नसकेको स्वीकार गर्दै मन नदुखाउन आग्रह पनि गरे ।
माओवादी र एमाले कै कारण महिलाहरुको ३३ प्रतिशत आरक्षण कायम भएको भन्दै वामपन्थी दुई पार्टी मिलेर राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीशमा पनि महिलालाई बनाएको दावी गरे । उनले महिला अधिकारको पक्षमा वामपन्थी गठबन्धन सधै प्रतिवद्ध रहेको बताए ।
सोही अवसरमा बोल्दै नेकपा एमालें चितवन क्षेत्र १ का उम्मेदवार सुरेन्द्र पाण्डेले चितवनमा महिलाहरु एकजु हुनु नै वामवन्थीको विजयी भएको घोषण गरे ।
भेलामा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले निर्वाचन परिचालन समितिको घोषण गरेकी थिईन् । भने अनेम संघ केन्द्रीय उपाध्यक्ष सीता पौडेल, अनेम संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य शर्मिला विक, नेकपा एमाले चितवनकी सचिव पार्वती रावल लगायतले बालेका थिए । सोही अवसरमा राप्रपाबाट २ सय बढी नयाँ कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका थिए ।