वामगठबन्धको एकता जनयुद्धका वेला लिखित रुपमा भएको हो : प्रचण्ड (भिडियो)

चितवन, २३ कात्तिक । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसगँ एकता अहिले नभएर जनयुद्ध वेलामा लिखित रुपमा भएको बताएका छन् ।
‘१२ बुदेँ अगाडी नै रोल्पाको लोसेवाङ्ग भन्ने ठाउँमा एकताको पहिलो हस्ताक्षर भएको थियो उनले भने । दुवै पार्टीको प्रतिनिधिहरु बसेर लिखित रुपमा संविधान सभामा जाने, निरङ्गकुशतन्त्रका विरुद्ध पनि जाने र शान्ति वार्तामा पनि जाने भनेर पहिलो लिखित रुपमा पहिलो सम्झौता भएको हो । ’
चितवनका भरतपुरमा रहेको माओवादी पार्टी कार्यालयमा वामगठबन्धनको संयुक्त महिला भेला तथा राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले र नेकपा माओवादी कन्द्र विचमा जनमुक्ति सेनाको घेरामा र अर्को सरकारी सेनाको दबदाबको विच लिखित रुपमा एकता गर्ने सम्झौता पछि मात्रै १२ बुदेँ सम्झौता भएको समेत दावी गरे ।

 


साथै उनले यो ऐतिहासिक सच्चाईएको भएको दावी गर्दै कसैले पनि झुटो सावित गर्न नसक्ने ठोकुवा गरे । यस्तै भुमिगत रुपमा एमालेसगँ सम्झौता नभएको १२ बुदेँ सम्म ल्याउन कठिन रहेको समेत बताए ।
संविधान चुनाव भन्दा पहिले पनि धेरै श्रृखला रुपमा पार्टी एकताको लागि भन्दै सयौँ पटक बढी समेत वार्ता भएको हो ।

उनले सरप्राइज दिने गरी एमालेसँग पार्टी एकता घोषणा गर्ने बताए । उनले भने, ‘दशैं मनाइरहेका नेपालीलाई एमाले र माओवादीको पार्टी एकता संयोजन समिति र वाम तालमेलको घोषणा जसरी सरप्राइज लागेको थियो । त्यसैगरी चुनाव लगत्तै पार्टी एकताको घोषणा गरिनेछ ।’

पार्टी एकताको तयारी पूरा भएको उनले बताए । ‘हिजो मात्रै मैले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको छु, पार्टी एकतालाई छिट्टै टुग्याउने समझदारी भएको छ’ उनले भने ।

प्रचण्डले यदि सरकारले १० दिन मात्रै निर्वाचन सरेको भए पार्टी एकता घोषणा गर्ने योजना बनेको सुनाए । एमाले र माओवादीभित्र विचारधारा, कार्यगत र टिकट वितरणको असन्तुष्टिलाई ‘क्यास’ गरेर वाम गठवन्धन र पार्टी एकतालाई भत्काउन खोजेको भन्दै उनले त्यसविरुद्ध नेतृत्व र आम कार्यकर्ता पंक्ति सचेत भएर लाग्नुपर्ने बताएका छन् ।

.