“म राजनिती होईन बिकास गर्न आएको हुँ” : बन मन्त्री विक्रम पाण्डे

चितवन, २३ कात्तिक । (आज भरतपुर २३ मा लोकतान्त्रीक गठबन्धनको कार्यलय उद्घाटन गरिएको छ । नेपाली कांग्रेस तथा राप्रपा प्रजातान्त्रीक द्वारा संयुक्तरुपमा आयोजित एक कार्यक्रमकाबीच व्यापक जनसहभागीतामा सम्पन्न कार्यलय उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै क्षेत्रनम्बर ३ का साझा उम्मेदवार विक्रम पाण्डेले आफनो उम्मेदवारी राजनिती गर्नका लागि नभई बिकास गर्नको लागि भएको बताउँनुभयो । पाण्डेले जनताको सुखदुखमा हरदम साथ रहेको भन्दै चितवनको समग्र बिकासका लागि आफुतत्पर रहेको बताउँनुभयो ।

नेपाली कांग्रेस भरतपुर २३ का अध्यक्ष द्रोण प्रसाद पौडेलको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय अध्यक्ष लाल बहादुर दवाडी , राप्रपा प्रजातान्त्रीकका जिल्ला अध्यक्ष बिष्णु वाग्ले लगायत दुबै पार्टीका नेताहरुले ढुक्क भएर प्रतिनिधी सभातर्फ विक्रम पाण्डेको चुनाव चिन्ह गोलाकार भित्रको हलो र प्रदेश सभा सदस्यतर्फ प्रदेश ९ख० का उम्मेदवार साजन महतोलाई रुख चिन्हमा मतदान गरेर बिजय गराउँन आग्रह गरेका छन् ।

मिडनेपाल न्युजबाट