पूवेर्ली महेन्द्रले दिपालाई उकाली चढौला भनेपछि…(भिडियो)

 

राजन दिल गुरुङ
चितवन , कार्तिक २३ । सुमधुर आवाजको साथमा युट्युब मार्फत कभर सगंले चर्चा बटुलेका चर्चित जोडी महेन्द्र राई र दीपा तामांग पूर्वको भएपनि संसार भर चर्चित छन् ।
युट्युब मार्फत संसारभर चर्चा बटुलेका राई र तामांगले फुल झरे पनि , ए कान्छा मलाई , उकाली चढौला ,नया नया सजाउला संसार , आज भोलि तिमीले , डाली डाली फुल फुल्यो जस्ता कयौ गीतलाई कभर गरेर नेपाली सांगेतिक क्षेत्रमा आफ्नो छाप पारिसकेका छन् ।

एल्बम “WAITING” मा रहेको गीत “आज फेरी” मा स्वोर ,सब्द संगीत आफैले दिएका राईले मेलिना राइको स्वोरमा रहेको गीत “प्रेम होकी” मा संगीत,राजेश पायल राईको “तिमीलाई मन पराउने मेरो गल्ति होइन” जस्ता गीतमा संगीत भरेका गायक राईले दर्जन भन्दा माथिको गीतमा संगीत गरेका छन् भने दुइ दर्जन भन्दा माथि कभर सगं युट्युब मार्फत आइसकेको छ ।
चर्चित पूवेर्ली जोडी महेन्द्र राइको र दीपा तामांगको संगीत क्षेत्रमा मात्र जोडी भएको सौराहा अनलाईनलाई बताएका छन् ।
हेरौँ भिडयो हेर्नुहोस् ।