सुनवलमा अटो भिलेज निर्माण कार्य शुरु

 

 

परासी, २३ कार्तिक । नवलपरासीको सुनवल नगरपालिकलाई ५ वर्षभित्र नमुना नगर बनाउन पहिलो चरणमा अटो भिलेजको निर्माण कार्य शुरु गरिएको छ । नगरलाई सुन्दर र व्यस्थित नगर बनाउन नगरमा छरिएर रहेका सवारी साधन र अटो ग्यारेजहरुलाई अटो भिलेज भित्र व्यस्थित गरिने छ । जता ततै बाटोको छेउछाउमा अव्यस्थित सवारी साधनको पाकिङ्गले दुर्घटनाको जोखिम बढदै गएको छ भने सुनवल नगरका बजारनै कुरुप बन्दै गएको छ ।
सवारी साधनको अव्यस्थित पार्किङ्गलाई उचित व्यवस्थापन र ग्यारेजहरुको एक बेग्लै एरिया नछुट्टिएकाले बजार अव्यस्थित र कुरुप बन्दै गएको बेला सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले अटो भिलेजको निर्माण कार्य थालनी गरेका छन् । अटो भिलेजका लागि नगरपालिकाको वार्ड नम्बर ४ तुरिया खोलाको छेउमा १२ विगाहा छुट कित्ता रहेको जग्गाको सरसफाई र सम्याउने कार्य हुदै एक व्यस्थित अटो भिलेज निर्माण कार्य शुरु भएको छ ।
उक्त अटो भिलेज भित्र नगरमा छरिएर रहेका अटो ग्यारेज, अटो पार्टकको विक्री, पन्चर टाल्ने, सवारी साधनको मर्मत गर्ने गराउने, ठुला साना सवारी साधनहरु पाकिङ्ग, र सवारी साधनहरुको धुलाई समेतको सम्पुर्ण कार्यलाई व्यवस्थापन गरिने नगरपालिकाका मेयर थापाले बताए ।
सुनवल नगपालिकाले उक्त अटो भिलेजका लागि यसवर्ष ३० लाख रुपिया विनियोजन गरेको छ । जुन बजेटले अटो भिलेजको भौतिक पुर्वाधार निर्माण र जग्ग व्यवस्थापन कार्य भईरहेको छ । नगरपालिकाले अटो भिलेजको कार्य तिब्र रुपमा अगाडी बढाउदै यसको व्यवस्थापनमा थप बजेटेको व्यवस्थापन समेत मिलाउन लागि परेको छ । यो अटो भिलेज यस क्षेत्रको अति व्यस्थित र सुविधासम्पन्न अटो भिलेज हुने नगरपालिकाले बताएको छ ।
यस अटो भिलेजमा आगामी ५० वर्षसम्मका सवारी साधनलाई धान्ने गरि प्रविधिहरु भित्राइने छ । यस अटो भिलेजले सुनवल नगरका बजारलाई प्रदुषित र फोहोर बनाउने ग्यारेज, गाडी धुलाई सेन्ट र अव्यस्थित पार्किङ्गलाई व्यस्थित गरि सुनवललाई सुन्दर नगर बनाउने कार्यले हामी स्थानियबासी खुशी भएको स्थानिय यज्ञ प्रसाद पाण्डेले खशुी व्यक्त गरे ।
नवलपरासी जिल्लाको सुस्तापश्चिम परासी क्षेत्रमा ३ नगरपलिका र ४ गाउँपालिका मध्ये सुनवल नगरपालिकाले मात्र यस अटो भिलेजको कल्पना गरि अगाडी बढेको छ । १३ वटा वडा रहेको यो नगर पुर्वपश्चि राजमार्गलाई करिब १२ किलोमिटर हाईवेलाई छोएको छ । ठुलो रहेको यस क्षेत्रफलमा अधिकांश सार्वजनिक सवारी साधन एवं मालबाहक सवारी साधनहरुको अव्यस्थित पार्किङ्ग हुदै आएको छ जसले बजारलाई प्रदुषित र भद्दा बनाउने कार्य गर्द छ ।
सुनवल नगरपालिकाका मेयर भरत थापाले चुनावी मैदानमा उत्रिदा म यस नगरको प्रमुख पदमा निर्वाचित भए यस नगरलाई ५ वर्षभित्र स्मार्ट सिटि बनाउने प्रतिबद्धता अन्तर्गत यो अटो भिलेजको कार्य थाली गरेको स्थानिय युवा समाजसेवी यज्ञ प्रसाद पौडेलले बताए । पौडेलका अनुसार यस नगरमा भएको उद्योग, कलकारखानाका धुँवा र बाटोमा उडने धुलो जस्तो प्रदुषणलाई समेत व्यवस्थापन गरि हरभरा नगर बनाउने मेयर थापाको योजना रहेको बताए ।

Promise Education Consultancy