दुर्गा नै हिड्न थालिन् दुलाहा खोज्दै, घरमै माग्न आउन तेजशलार्इ धम्कीदिएपछि……(भिडियो)

नवीन नेपाल

चितवन, २३ कात्तिक ।  अहिले काछु का लान्छ कर्मले  उछार दिन्न लाज र श्रमले…

भन्दै चर्चित लोक तथा दोहोरी गायिका दुर्गा सापकोटाले मौलिक पन्चे बाजाको गीत लिएर बजारमा आएकी छिन।

गायिका सापकोटाले मङ्सिर महिना आउन लाउदा पनि आफ्नो बिहेको कुनै टुङो नभएको गीतमा प्रस्तुत गरेकी छिन। अहिले सम्म कसैको माया पिरतिमा नपरेकी दुर्गाले बिहे गर्ने रहर हुदा हुँदै पनि कोहि केटो घरमा माग्न नआउदाको पीडा त छदै छ झन त्यसै माथी आफु जन्मिएको हुर्केको घरलाइ मार्छु माया भनेर मर्छर भन्दै आफ्नो दुखेसो भाव गीतै मार्फत पोखिन।

विगत ११ बर्ष देखि लोक दोहोरो छेत्रमा लाग्नु भएकी पछिल्लो समय एकपछि अर्को उत्कृष्ट गितहरु बजारमा प्रस्तुत गर्दै आइरहेकी मोफसलमा बसेर चर्चा

कमाउन सफल हालकि चर्चित गायिका दुर्गा सापकोटाले यस पटक पनि अर्को उत्कृष्ट मौलिक पन्चे बाजाको गीत दर्शक तथा स्रोताहरुका माझ गीत पस्केकी छन् ।

चर्चित सर्जक तेजेश रेग्मिको लय,शब्द, स्वरमा सुपारी काचो लोक दोहोरि गीत बजारमा ल्याएर चर्चा कमाउन सफल भएकी गायिका सापकोटाले यसै बर्ष तिजी गीत पाली टिनैको अहिलेका चर्चित गायक तथा सर्जक तेजश रेग्मीसंग सहकार्यमा तिजी गीत बजारमा ल्याएर चर्चा कमाउन सफल भएकी थिइन।

चर्चित गायक तथा सर्जक तेजश रेग्मीको आमा भगवती रेग्मिको शब्द तथा उनै सर्जक तेजेश रेग्मीको लय तथा आवाजमा गायिका सापकोटाको आवाजमा तयार भएको मौलिक पन्चे बाजाको गीत निकै उत्कृष्ट तथा मार्मिक शब्दमा बनेको छ ।

हालै मात्रै सार्बजनिक गरिएको माईती घर छोडेपो घर हुन्छ गीतलाई छोटो समयमा धेरै स्रोता दर्शकले रुचाइ सकेका छन।

एसथ्री के ईन्टरेमेन्टको प्रस्तुति रहेको गीतमा हालका निकै ब्यस्त मोडल प्रकाश सपूत र करिश्मा ढकालको अभिनय रहेको गीतलाइ आहिलेका चर्चित निर्देशक सरोज रोशन भट्टराईले निर्देशन गरेका हुन।

भिडियो हेर्नको लागि तल लिङ्क खोल्नु होला ।