नवलपरासीमा ट्रयाक्टर भिरबाट खस्दा ८ जना घाइते

नवलपरासी, २३ कात्तिक । नवलपरासीमा ट्याक्टर दुर्घटना हुदाँ ८ जना घाईते भएका छन् । नवलपरासीको दलदले डेढगाउँ सडकखण्डको बुलिङ्टार गाउँपालिका ६ भारतिपुरमा बुधबार राति ट्याक्टर भिरबाट खस्दा ८ जना घाइते भएका हुन्। घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दलदलेबाट बुलिङ्टार गाउँपालिका ६ शीतलपुरका लागि सामान लिएर छुटेको लु ३ त ६८०३ नम्बरको ट्रयाक्टर साँघुरो घुम्तिमा मोड्ने क्रममा सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी नवलपरासी बुलिङ्टार गाउँपालिका ६ बस्ने १७ वर्षका राजु वि।क, ४८ वर्षका प्रेम बहादुर सार्की, देवचुलि न।पा। ५ बस्ने २० वर्षका जुनि मगर, २२ वर्षका भिम बहादुर मगर, १८ वर्षका दिपु नेपाली र १९ वर्षका जस बहादुर परियार गम्भीर घाइते भएका छन् ।
३० वर्षका अर्जुन राई र २१ वर्षका दान बहादुर पुनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैको भरतपुरमा उपचार भइरहेकोे छ । ट्रयाक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।