भोलीदेखि पूर्वी चितवन महोत्सव सुरु हुदै, तयारी पुरा

 

 

चितवन, २३ कात्तिक। पूर्वी चितवनको गौरव र गमिायम प्रस्तुतीका रुपमा पूर्वी चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

भोलीदेखि सुरु हुने महोत्सवको एक समारोहका विच मह जोडी अन्र्तगत रहेका नेपालकै चर्चीत कलाकार मदनकृष्ण श्रेष्ठले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ ।
युवाहरु साभाm संस्था रत्ननगर जेसिजको आयोजनामा हुने महोत्सव स्थलमा गेट ,स्टल ,वाल उद्यान निर्माणको कार्य पुरा भएको महोत्सवका संयोजक निरज श्रष्ठले जानकारी दिए ।
विवाहलाई केन्द्रित गर्दै यही कार्तिक २४ गतेदेखी मंसीर ३ गते सम्म विवाह विषेश पूर्वी चितवन महोत्सव हुन लागेको हो ।

। सो अवसरमा विवाह संस्कृति एवंम समारोहमा देखिएको विकृतिलाई निरुत्साहित गर्नुका साथै वालविवाह रोकथाम सम्वन्धी जनचेतना प्रदान गरिने महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा विवाह एवंम् संस्कृति समारोहमा हुने गरेको विकृती,वाल विवाह र यसको रोकथामको कानुनी प्रावधान र समाधानका विषयमा सम्वन्धीत पक्षसंग अन्र्तक्रिया पनि गरिने संयोजक श्रेष्ठले वताए ।
त्यस्तै विवाहसंग सम्वन्धी व्युटी पार्लरबीच दुलही श्रृंगार प्रतियोगिता,महिला समुहस्तरीय रत्यौली प्रतियोगिता,खुल्ला मेहन्दी प्रतियोगिता लगायत खेलकुद प्रतियोगिता पनि हुनेछ ।
खेलकुद प्रतियोगिता अन्र्तगत ५५ औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता पनि महोत्सवकै अवसरमा आयोजना गरिने खेलकुद समितिका संयोजक हेमराज आचार्यले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय कलाकार तथा गायक गायिकाहरु इन्दिरा जोशी,मनोज गजुरेल,पशुपति शर्मा,ज्योति मगर,शिव परियार, हास्य कलाकार दिनेश काफ्ले,रोमा न्यौपाने लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए ।
करिव एक लाख दर्शकले अवलोकन गर्ने महोत्सव अवलोकनका लागि प्रतिव्यक्ती ४० रुपैया र विद्यार्थीलाई २५ रुपैया कायम गरिएको छ ।