नारायणगढ–मुग्लिन सडक आदेखि ठाउँ ठाउँमा वान वे, भित्ता काट्न सडक रोकिने, शनिबार ७ घण्टा बन्द हुने

 

चितवन, कार्तिक २२ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा आदेखि धमाधम कालोपत्र गर्नका लागि ठाउँ ठाउँमा वान वे सडक सञ्चालन गरिने भएको छ ।
तीनमा नै एकै पटक विच गर्नका आवश्यकता अनुसार ठाउँ–ठाउँहरुमा सडक विच सजह रुपमा गर्न वान वे सडक सञ्चालन गरिने भएको हो । ३६ किलोमिटरको यस सडकखण्डमा ३÷४ किलोमिटर बाहेकको क्षेत्रमा अब कालोपत्रे गर्न मिल्ने अवस्था रहेको आयोजनका प्रमुख चन्द्रनारायण यादवले बताए ।
साथैे भित्ता काट्न समेत सडक अवरुद्ध गर्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ७०० मिटर क्षेत्रमा एक वर्षदेखि सुरु भएको पहरो फोर्ने काम नसकिएको आयोजनाले जनाएको छ । भने सोह्र किलो, घुमाउने र चेपाङ डाँडामा परीक्षणका लागि एक हप्ता भित्तो कटिङको काम गर्न लागिएको हो । आयोजनासगँको बैठकमा कटिङ गर्ने समय विहान ७ बजेदेखि ८ः३० बजेसम्म, ११ देखि अपरान्ह दिउँसो ४ बजेसम्म कटिङ गरिने लागेको हो ।
चुनावलाई असर नपर्ने विचमा रोकेर काम गर्न लागिएको हो ।
नेपाल–भारत व्यापार आयोजना अन्तर्गत ३ ब्लकमा नेपाल र भारतका ६ वटा निर्माण कम्पनीले काम गरिरहेको छ । भने हालसम्म ५८ दशमल ३६ प्रतिशत सम्पन्न समेत भएको आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले बताए ।
आयोजना सम्पन्न गर्न फागुन (फेब्रअरी २०) सरकारले म्याद दिएको छ । चुनावका कारण सडक रोक्न नपाउदाँ काममा समस्य भएको निर्माणकर्ताको भनाई पनि रहेको छ ।
तत्कालिन राज वीरेन्द्रको पालामा विसं.२०३६ सालमा निर्माण गरिएको सडक साँघुरो भएपछि ३६ वर्ष पछाडि नै स्तरोन्नतीको लागि काम सुरु गरिएको थियो ।
काठमाडौँलाई तराईँसँग जोड्ने देशकै लाइफलाइनको रुपमा रहेको यो सडक निर्माणमा ढिलाई हुँदा स्थानीय बासिन्दा, यात्रु तथा चालकलाई मात्रै अप्ठ्यारो पर्दै आएका छन् ।

सडकखण्ड शनिबार ७ घण्टा बन्द हुने

साथै नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर जसो बन्द हुने भएको छ ।

सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो ।

खेती दोभानमा रहेको ठूलो ढुंगा सडकखण्डमा खसेर ठूलो क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले त्यसलाई व्यवस्थापन गर्न दुवैतर्फ सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

सरोकारवालाहरुको बैठकले सडकखण्डमा अझै पनि धेरै खाल्डाखुल्डी रहेकाले तत्काल सम्याउन निर्देशन दिएको छ ।

 

 

Promise Education Consultancy