यी हुन् चुनावी मैदानमा उत्रिएका दुई दर्जन ठेकेदार

काठमाडौँ, २२ कात्तिक ।  निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुइै दर्जन व्यवसायीलाई दलहरुले चुनावी मैदानमा उतारेका छन् ।

निर्माण व्यवसायी महासंघको सुचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेको छन् ।

निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण ब्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ, महासंघका महासचिव रामशरण देउजाले भने, सबैको सोधखोज गर्दैछौं, ४० जना निर्माण व्यवसायी चुनावमा उठको अनुमान छ ।, आजको कान्तिपुर दैनिकमा  खबर छ ।