वामपंथीले जिते सुखी र समृद्ध गोरखा : माओवादी नेता नारायणकाजी श्रेष्ठ

 

गोरखा,  २१ कार्तिक  । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले बामपंथीले जिते सुखी र समृद्ध गोरखा बन्ने बताउनु भएको छ ।
सुलिकोट गाउपालिका -४ सौरपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गोरखाको ऐतिहासिकतालाई कायम राख्दै सुखी र सम्बृद्द गोरखा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विकास भनेको व्यक्तिगत स्वार्थ राखेर कुनै एउटा गाउँ टोल र क्षेत्रको मात्रै गर्ने होइन समग्र देशको र जिल्लाको विकास हुनेगरी गर्नुपर्छ श्रेष्ठले भन्नुभयो : विकास हुन स्थायी सरकार चाहिन्छ अब पुसमा बामपंथीहरुको स्थायी सरकार बन्छ त्यसपछि विकासको लहर आउँछ ।
बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले ३० लाख भन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा रहेको भन्दै अब स्वदेशमा नै रोजगारीको व्यवस्था हुने बताउनुभयो ।
हिजो बामपंथी कै नेतृत्वमा राजनैतिक सफलता प्राप्त भयो, राजनीतिक अधिकार ल्याइयो श्रेष्ठले भन्नुभयो अब विकास पनि हाम्रै नेतृत्वमा हुन्छ ।
चुनावी सभामा नेकपा एमालेका नेता बिकल कुमार श्रेष्ठ, गोरखा जिल्ला क्षेत्र नम्बर दुईका प्रदेश सभा सदस्य उम्मेदवार अमर तमु, नेकपा माओवादी केन्द्रका सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णु भट्ट लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

घरदैलो कार्यक्रम

यसैबिच श्रेष्ठले आज बिहान सुलिकोट गाउँ पालिका -४ रन्चोक देखि घर दैलो गर्दै सुलिकोट गाउँ पालिका -२ (साबिक को बारपाक गाबिस -१ ) पोखरीमा पुग्नुभएको थियो ।
घरदैलो को क्रममा जनता गुनासो सुन्नुको साथै आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
घरदैलो पछि पोखरी मा आयोजित चुनावी सभामा श्रेष्ठले सहिदहरुको सपना पूरा गर्न आफुले उम्मेदवारी दिएको बताउदै पोखरी कि सहिद मिनकुमारी गुरुङको नयाँ नेपाल बनाउने सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिम्बुमा भेटघाट कार्यक्रम

यता सुलिकोट गाउँ पालिका -४ सिम्बुमा पनि  भेटघाट कार्यक्रम भएको छ ।
सिम्बुका स्थानीयले श्रेष्ठलाई भव्य स्वागत गरेका थिए । स्थानीयले राष्ट्रिय नेता उम्मेदवार पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो क्षेत्रको विकास हुनेमा आशावादी रहेको बताएका थिए ।

भण्डारी गाउँमा पनि भेटघाट कार्यक्रम

यसैबीच सुलिकोट गाउँ पालिका -४ भण्डारी गाउँमा पनि भेटघाट कार्यक्रम भएको छ । भेटघाटको क्रममा श्रेष्ठले स्थानीयको बिधुत र खानेपानी समस्या समाधान गर्न तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीयले माओवादी केन्द्र जनताको पार्टी भएको बताउदै जनताको बिश्वास नतोड्न आग्रह गरेका थिए ।
घरदैलो तथा भेटघाटको क्रममा अधिकास स्थानीयले डाक्टर बाबुराम भट्टराई ले जनतालाई धोका दिएको गुनासो गरेका थिए ।