भरतपुरमा गुडिरहेको ट्रकमा विजुलीको तारमा छोई एक्कासी आगालागी हुदाँ…… (भिडियो)

सरस्वती कुमारी शर्मा
चितवन, २१ कात्तिक । चितवनको भरतपुर महानगरमा गुडिरहेको ट्रक विजुलीको तारमा छोईन जाँदा एक्कासी आगालागी हुदाँ ८० हजार रुपैयाँ क्षति भएको छ ।
भरतपुर–११ विशालचोक स्थित ना.३ ख.७२४६ नं.को पराल र २५ बोरा धान बोकेको ट्रक विजुलीको तारमा छोईन जाँदा एक्कासी आगालागी हुदा धानको बोरा र पराल जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।
साथै आगलागी हुदाँ मानविय क्षती नभएको, ट्रकमा सामान्य क्षति भई ८० हजार मुल्य बराबरको धान र पराल क्षति भएको उनले बताए ।
उक्त आगो प्रहरी र दम्कलको सहयोगमा तत्कालै नियन्त्रणमा लिईएको थियो ।