‘आई क्याम्प फोर चितवन’अभियानबाट चितवनका ३ हजार बढी स्थानिय लाभान्वित (भिडियो)

चितवन, २१ कात्तिक । दृष्टि बिहिन मुक्त चितवन बनाउने अभियानबाट चितवनका ८ विकट र ग्रामिण क्षेत्रका ३ हजार बढि स्थानियहरु लाभान्वीत भएका छन् ।

चितवनमा सुरु भएको ‘आई क्याम्प फोर चितवन’अभियानको पहिलो चरणको बृहत आँखा शिविरबाट ति स्थानियहरु लाभान्वीत भएका हुन् । जमर्नी स्वयम् सेवक नागरिकहरुले उठाएको रकमबाट चितवनको सपोर्ट एण्ड कियर पुनस्थापना केन्द्र रत्ननगरको सहकार्यमा जिल्लामा आखाँ शिविर सुरु गरिएको थियो ।

 


शिविरमा चितवनको नेशनल आखाँ अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको थियो भने । बिरामिका लागी आवश्यक चस्मा तथा औषधी जमर्नी देखि नै ल्याई निशुल्क रुपमा वितरण गरिएको थियो ।
शिविरमा सेवा लिन आउने बिरामीहरुलाई औषधी चस्मा देखी अप्रेसन सेवा समेत निशुल्क रुपमा प्रदान गरिएको आयोजक संस्था सपोर्ट एण्ड कियर केन्द्रका अध्यक्ष राज बन्दु गौतमले बताए । उनका अनुसार ५० भन्दा बढी जनालाई निशुल्क आखाको अप्रेशन गरीएको र २ हजार चश्मा वितरण गरिएको छ । शिविर निकै प्रभावकारी बनेको उनको भनाई छ ।
दृष्टि विनाको सृष्टि अधुरो छ भन्ने मुल मन्त्रका साथ संस्थाले चितवनको राप्ती नगरपालिकाको १ स्थान, रत्ननगर नगरपालिकाको ३ स्थान, भरतपुर महानगरको १ स्थान, कालिका नगरपालिकाको २ स्था, माडीको १ स्थानमा शिविरको आयोजना गरेको थियो ।


शिविरमा अधिकाश बृद्धाबृद्ध तथा बाल बालिकााहरुको सहभागिता रहेको थियो । भने धेरैमा मोतियाविन्दु र आखाँको भाईरल भएका धेरै विरामी रहेको उपचारमा संलग्न नेशनल आखाँ अस्पतालका डा.राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले चितवनवासीहरु आखाँ जस्तो सम्वेदनशी अंगको हेरचाहमा विशेष ध्यान दिन र हरेक दिन एक पटक सफा पानीले आखाँ धुन समेत सुझाव दिए । भने बालबालिकाहरुको हकमा विद्यालय जाने अवस्थामा एक एक पटक अनिर्वाय रुपमा आखाँ परिक्षण गर्न र बस्यक उमेरका एक पटक सुगर चेक गरि आखाँ जचाउन आउन आग्रह पनि गरे
४ सय १५ जना चेपाङ्गं समुदाय लाभान्वीत
शिविरको अन्तिम दिन कालिका नगरपालिकाको विकट क्षेत्र सिद्धिको तीन दोभानमा शिविरको आयोजना गरिएको थियो । जहा ४ सय १५ जना चेपाङ्गं समुदायका साथै स्कुले बालबालिकाले आखा उपचार गराएका हुन् ।
चितवनको निकै विकट क्षेत्रमा पर्ने सिद्धिमा आखाँको शिविर आयोजना गरि स्थानिय बासिन्दाहरुलाई आखाँ उपचार निशुल्क रुपमा प्रदान गरिएको भन्दै कालिका नगरपालिका ११ नम्वर वडाका वडा अध्यक्ष कृष्ण बहादुर प्रजाले खुसि प्रकट गरेका थिए ।
साविक सिद्धि गाविस अहिले कालिका नगरपालिकाको १० र ११ नम्बर वडामा परेको छ ।


त्यो क्षेत्रमा ९५ प्रतिसत चेपागं समुदायको बाहुल्यता छ । विकट क्षेत्र निकै कठिन अवस्थाका विच उपचार गर्न अस्पताल समेत जान नसक्ने अवस्थामा रहेका समुदाय लाई आफनै गाउमा निशुल्क शिविरको आयोजना गरि सेवा प्रदान गर्नु निकै खुसिको कुरा भएको वडा नम्बर १० का वडा अध्यक्ष दिल बहादुर गुरुङ्गंले बताए ।
शिविरमा सेवा लिन बिकट गाउ–गाउबाट घन्टै हिडेर स्थानिय बासिन्दा तथा बिद्याथीहरु तिन दोभान सम्म आएका थिए ।
विद्यार्थीलाई खाजाका लागि विष्कुट र केहि शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो ।
शिविर निकै प्रभावकारी भएको र नेपालमा काम गर्न निकै आनन्दको अनुभुति गरेको जमर्नी भोलिेन्टिर्यसकी टिम लिडर ब्रिगेट ब्रगरले बताईने् । आगामी दिनमा पनि सामाजिक काम गर्ने आफुहरुको चाहाना रहेको उनको भनाई छ ।