सीपलाई सहि सदुपयोग गर्नुहोस् गाउँपालिकाले सहयोग गर्छ :अध्यक्ष गुरुङ

चितवन २१ कात्तिक । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले भूकम्प प्रतिरोधात्मक तालिम लिएका डकर्मीहरुलाई आफुले सिकेको सीपलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।आज सात दिने भूकम्प प्रतिरोधात्मक डकर्मी तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष गुरुङले आफुले सिकेको सीपलाई ईमान्दारीका साथ व्यावहारमा उतार्न आग्रह गर्दै गाउँपालीकाले तालिम प्राप्त डकर्मीहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

आगामी दिनमा तालिमको प्रमाणपत्र विना घर तथा भवन निर्माण गर्न नपाईने भन्दै अध्यक्ष गुरुङले तालिम प्राप्त डकर्मीहरु कोही पनि वेरोजगार वस्न नपर्ने बताउनुभयो । साथै अध्यक्ष गुरुङले अन्य कुनै पनि स्थानमा भूकम्प प्रतिरोधात्मक तालिम प्राप्त डकर्मी माग भएमा गाउँपालिकामा रहेका डकर्मीहरुलाई सम्पर्क गराउन गाउँपालिकाले समन्वयको भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यमक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले अहिले सिकेको सीप घर तथा भवन निर्माणका लागि जहाँ पनि आवस्यक र उपयोगी हुने बताउनुभयो । तालिममा सहभागी सबैले सिकेको सीपलाई सही सदुपयोग परे गाउँपालीकाले समन्वय गरेर अन्यात्र रोजगारको व्यस्था मिलाउनका लागि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यकारी अधिकृत नरहरी सापकोटाले नेपालमा विदेशबाट कामदार आउनु पर्ने अवस्था रहेकाले कोही पनि नेपाली खाडी मूलुक जान नपर्ने बताउनुभयो । तालिम पछि सामाजिक उत्तदायित्व बढेको भन्दै आफ्नै जिम्मेवार पुरा गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
साथै अधिकृत सापकोटाले सबै तालिममा सहभागीहरुको गाउँपालिकामा सुचिकृत गरि राखिने र गाउँपालिका सम्पर्कमा रहीरहने बताउनुभयो । सापकोटाले कर्मचारीहरुबाट गर्न सकिने सक्दौ सहयोग हुने प्रतिवद्धता जनाए ।

तलिममा सहभागी डकर्मीहरुले कविता गीत र मन्तव्य मार्फत अव देखि भूकम्प प्रतिरोधात्मक घर बनाउने प्रतिवद्धता जनाएका थिए ।
नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयको आयोजनामा समपन्न सात दिने भूकम्प प्रतिरोधात्मक तालिममा ६७ जना सहभागी थिए । यस अधि पनि ३० जनाले तालिम लिईसकेका छन् ।