दिवाकरस्मृति भलिबलको फाईनलमा चुलो र मध्यविन्दु भिड्दै हेरौँ ५ फोटो

चितवन, २१ कात्तिक । चितवनको माडीमा जारी दिवाकर तीर्थकुमारी खुल्ला तथा भेट्रान भलिबल प्रतियोगिता अन्तरगत आजका सम्पन् खेलहरुबाट खुल्ला तर्फ चुलो रेष्टुरेन्ट नारायणगढ र मध्यबिन्दु भलिबल एकेडमी फाईनल प्रवेश गरेका छन् ।


सेमिफाईनलमा चुलो ले स्याउलिबास स्पोर्ट्स र मध्यबिन्दुले कंचन समाज लाई पराजित गरेका हुन् ।
त्यसतै भेट्रान तर्फ बागवानि युवा समाज लाई पराजित गर्दै भुपु सैनिक एवं हिमाल युवा क्लबलाई हराउदै माडी खेलकुद परिषद्ले फाईनलको यात्रा तय गरेका छन् ।

बुधबार हुने फाईनमा प्रथम प्रथम हुने टिमले ७५ हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र र सानत्वना २ समुहलाई २०/ २० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र तथा भेट्रान तर्फ प्रथम हुने टिमले २० हजार रुपैया नगद,

शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय टिमलाई १२ हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमलाई ७ हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र एवं ट्रफि प्रदान गरिने खेल आयोजक समितिका प्रेस संयोजक सन्तोष पनेरुले जानाकारी दिए ।

कार्तिक १८ देखि संचालित खेलमा २० समुहको सहभागिता रहेको थियो । खेलको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गरेका थिए ।