डा.केसीले राष्टपतीलाई दिए एकहप्ते अल्टिमेटम

काठमाडौँ, २१ कात्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकहप्ते अल्टिमेटम दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राष्ट्रपतिलाई एक हप्ताको समयसीमा दिएका हुन् ।

गत ६ कात्तिकमा मन्त्रिपरिषद्ले ल्याएको चिकित्सा शिक्षा अध्यादेश १५ दिनसम्म प्रमाणीकरण नगरी रोकेको आरोप लगाउँदै उनले तत्काल प्रमाणीकरण नगरे राष्ट्रपतिले समेत ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘राष्ट्रपतिजस्तो व्यक्ति जनताको हितमा लाग्न छाडेर माफियाको जालमा पस्नु गलत हो,’ डा। केसीले भने, ‘म अनशनमा बस्दा बडो चासो र चिन्ता व्यक्त गर्ने राष्ट्रपति अहिले अध्यादेश रोक्न किन लाग्नुभयो, मलाई आश्चर्य लागेको छ ।’आजको नयाँपत्रिका दैनिमा खबर छ ।

Promise Education Consultancy